नेपाल प्रहरीका दुई सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल प्रहरीका दुई सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

काठमाडौं । नेपाल प्रहरीका दुई नायब निरीक्षक(सई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । खेमराज कठायत र सुरेशकुमार गुरुङविरुद्ध बिहीबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । नक्कली शैक्षिक प्रमाण पत्र पेश पेश गरी प्रहरी सेवामा प्रवेश गरेको र त्यही आधारमा बढुवा भएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

सई कठायतले इलाहाबाद विश्वविद्यालय, इलाहाबाद, भारतबाट प्राप्त स्नातक  तहको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा  भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।