दुई तीन दिनमा डिस्चार्ज हुन्छु : महामन्त्री कोइराला

दुई तीन दिनमा डिस्चार्ज हुन्छु : महामन्त्री कोइराला

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १, २०७७

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । 

आज भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् । 

‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ,’ उनले भिडियो सन्देशमा भनेका छन् । 

कोरोना भाइरस (कोेभिड–१९) को सङ्क्रमण देखिएपछि उनी मङ्गलबार अस्पताल भर्ना भएका हुन् । होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

महामन्त्री डा.कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उहाँको भिडियो सन्देश जारी गरेको हो ।