कोरोना सङ्क्रमित थप १ पुरुषको मृत्यु

कोरोना सङ्क्रमित थप १ पुरुषको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १, २०७७

पाल्पामा कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । 

भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत २९ भदौमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।