बाछिटाका दशवटा छिटा

बाछिटाका दशवटा छिटा

सीताराम नेपाल  |  साहित्य  |  आश्विन २, २०७७

कुहिरो
पानी नपर्दा
सुइरव

सिँचाइ 
हुनेखानेकै
थिचाइ

कमाइ
ऋणमा ऋण
थमाइ

मित्रता
थाहै नपाइ
शत्रुता

निर्मला 
बलात्कारी खै
उर्मिला 

ढल्क्यौ उ
पल्लो घरमा
पल्क्यो उ

सकार
मन नमिले
हकार

बजार 
थोरैमा खर्च
हजार 

सरिता 
नामेै कलङ्क
पारी त

कोरोना
मौका यही हो
सोरोन