पहिलो बच्चा जन्मिएको २६ दिन पछि फेरी जुम्ल्याहा !

पहिलो बच्चा जन्मिएको २६ दिन पछि फेरी जुम्ल्याहा !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

बंगादेशकी २० वर्षीय एक महिलाले पहिलो बच्चा जन्मिएको २६ दिनपछि फेरी जुम्ल्याहा बच्चा जन्माएर सबैलाई आश्चर्यमा पारेकी छन् । 


(प्रतीकात्मक तस्वीर)
बंगलादेशको सहरशा निवासी अरिफा सुल्ताना २५ फेब्रुअरीमा पेटमा समस्या देखिएपछि खुलना मेडिकल कलेजमा भर्ना भएकी थिइन् । 


(प्रतीकात्मक तस्वीर)
अस्पताल भर्ना भएको केही समयपछि नै उनले विना अपरेशन एक बालकलाई जन्म दिएकी हुन् । सामान्य अवस्थामा रहेकी महिलालाई बच्चा जन्म दिएको केही दिनपछि अस्पतालले घर पठाइदियो ।  


(प्रतीकात्मक तस्वीर)
पहिलो बच्चा जन्माएको २६ दिनपछि पेटमा केही अप्ठ्यारो भएपछि सुल्ताना फेरि अस्पताल भर्ना भइन् । अस्पतालको प्रमुख गाइनोकोलोजिस्ट शिला पोद्दारका अनुसार अल्ट्रासाउण्ड पछि उनको अर्को गर्भाशय पनि रहेको र त्यहाँ जुम्ल्याहा बच्चा समेत रहेको पत्ता लाग्यो । पहिले डाक्टरको ध्यान त्यसमा गएको थिएन र महिलाले पनि आफूलाई कुनै किसिमको अप्ठ्यारो समेत नभएको बताइन् । पछि शल्यक्रियाद्वारा ती जुम्ल्याहा बच्चाकोे जन्म गराइएको थियो । जुम्ल्याहामा एक बालक र बालिका रहेका थिए । 

यो एक प्रकारको दुर्लभ घटना रहेको र ३० वर्ष लामो आफ्नो पेशामा यस्तो घटना पहिलो रहेको पनि डाक्टर दिलिप रायले बताए ।