लगानी सम्मेलन : क–कसले गरे लगानीको घोषणा ?

लगानी सम्मेलन : क–कसले गरे लगानीको घोषणा ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

काठमाडौं । सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन २०१९’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन् ।

तीनै तहको निर्वाचनपछि बनेको स्थिर र बलियो सरकारले सम्मेलनमा आफ्नो आर्थिक नीति सुनाउँदै उनीहरूको विश्वास जित्ने भरपूर प्रयास गरेको छ । सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका ७७ परियोजनामा विदेशी लगानी आह्वान गरेको छ । सहभागी प्रतिनिधिले शुक्रबार सम्मेलनबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । केही उद्योगीले लगानीको घोषणासमेत गरिसकेका छन् । यसबाट सरकार उत्साही देखिएको छ । लगानीकर्ताको प्रतिबद्धता भने शनिबार मात्रै टुंगो लाग्नेछ ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।