डिशहोमको दशैंमा डवल धमाका: हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले  एक /एक लाख नगद उपहार
आश्विन ४, २०७७

ललितपुर । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले  'डिसहोमामा डिलर दाईको डिसकाउण्ट' नामक अफर सञ्चालन गरिरहेको जनाएकाे  छ । 

यसरी  सञ्चालनमा ल्याएको अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको जानकारी  दिएको छ । यस अफरमा डिलर दाई मार्फत 'फण्ड ट्रान्सफर' बाट बार्षिक रिचार्ज गर्दा साप्ताहकि 'लक्की ड्र' मा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा साप्ताहकि ‘लक्की ड्र’ मा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति  एक /एक लाख नगद उपहार यस अफर मार्फत जित्ने  छन् । 

साप्ताहकि ‘लक्की ड्र’को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको CAS ID   को आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100 र रमाईलो टिभीमा ‘लक्की ड्र’ को प्रत्यक्ष प्रशारण हुने जनाइएकाे छ ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । 'फण्ड ट्रान्सफर' बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने समेत जानकारी दिइएको छ ।