अन्तर कलह साम्यसँगै ओली पेरिसडाँडामा : 'सच्चिने' प्रतिबद्धता कि रणनीतिक चाल !?

अन्तर कलह साम्यसँगै ओली पेरिसडाँडामा : 'सच्चिने' प्रतिबद्धता कि रणनीतिक चाल !?

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ५, २०७७

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीले विगतमा माओवादीका कट्टर आलोचक थिए । चुनावी तालमेलको केही अघिसम्म  माओवादीप्रति तत्कालीन एमालेका अन्य नेताहरूभन्दा फरक फरक कोणबाट  आलोचना गर्न रुचाउने त्यो कुरा सुनेर अधिकांश तत्कालीन एमाले नेताहरू आन्नदीत् हुने गर्थे ।

२०७४ सालको असारमा तत्कालीन माओवादी केन्दं र काँग्रेस मिलेर स्थानीय तहमा एमालेलाई आच्छु च्छु पारे त्यसपछि ओली बिस्तारै बिस्तारै माओवादीप्रति नरम बनेर असोजमा दुई पार्टी (एमाले–माओवादी) चुनावी तालमेलको चरणमा पुग्यो ।

२०७४ मङ्सिरमा हुने सङ्घीय चुनावपछि दुई पार्टी नै एकता गर्ने मनोभावना र उद्घोषसहित निर्वाचनमा होमिए । परिणामतः झन्डै दुई तिहाइ नजिक जनमत प्राप्त भयो ।  यसपछि २०७५ जेठ ३ गते दुई पार्टी एकीकरण भए । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराईमा रहने र जन वर्गीय सङ्गठनका कार्यालयहरू पेरिसडाडामा रहने निर्णय पार्टी एकताको क्रममा गरियो ।

यस सन्दर्भ यहाँ किन पनि जोडिएको छ भने पार्टी एकीकरण अघि र पछि दुवै समयमा प्रधानमन्त्री केपी ओली पेरिसडाँडामा रहेको पूर्व माओवादीको कार्यालयमा टेकेका थिएनन । यसलाई अर्थपूर्ण तरिकाले हेरिएको थियो । त्यति हुँदाहुँदै पनि ओली निकट कतिपय नेता तथा कार्यकर्ताहरू पेरिसडाँडाँ जान हिचकिचाउने गर्दथे । तर यस पटक पार्टीभित्रको पाँच महिने अन्तर कलह साम्य भएसँगै ओली सचिवालय बैठकका लागि नै पेरिसडाँडामा राख्न सहमत भए । सहमत मात्रै होइन बैठकमा पुरा समय बसे र सबैका कुरा पहिलो पटक सुनेको बताइँदै छ । 

जानकारका अनुसार सचिवालय बैठक पेरिसडाँडामा राखिएपछि उनी बाध्य भएर गएका भने होइनन् प्रचण्डले पेसिरडाँडामा तपाई टेक्दै टेक्नुहुन्न पार्टी कार्यकर्ताको गुनासो छ भनेपछि ओलीकै प्रस्तावमा अबको सचिवालय बैठक त्यहाँ राखौँ भनेर प्रस्ताव गरेका थिए । तर उनी मन लागेर त्यहाँ गएका भने होइनन् । पूर्व माओवादीहरूले आयोजना गरेका दर्जनौँ कार्यक्रममा उनी सहभागी भएका छैनन् ।

विगत बालुवाटारमा हुने सचिवालयको बैठकमा कहिले प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली अलग टेबुल कुर्सी र अन्यलाई अलग्गै राखिने गरेको थियो । अधिकांश बैठकमा दुई अध्यक्षका लागि एक खलाको र अन्यको लागि  अर्कै खालको टेबुल कुर्सी व्यवस्था मिलाइँदै आएकोमा पेरिसडाँडा बैठकमा भने सबै नौ जना सदस्यको लागि एकै खालको बस्ने  व्यवस्था मिलाइएको समेत थियो ।  यसले  ओली साँच्चै पार्टीभित्र कमजोर भएका  हुन् वा अन्य नेताहरुले भने जस्तै सच्चिन तयार भएका हुन कि अरु कुनै रणनीतिमा लागेका हुन् भन्नेचाहिँ स्पष्ट भएको छैन । पार्टी एकतापछि दर्जनौँ कार्यक्रम पेरिसडाँडामा र धुम्बाराईमा भए पनि ओली अनुपस्थित हुँदै आइरहेको सन्दर्भमा भने यो सचिवालयको बैठकमा पुरा समय बिताउनुले भने पार्टी प‌ङ्तीमा सकारात्मक  सन्देश गएको रुपमा लिइँदै छ ।

 जानकारका अनुसार सचिवालय बैठक पेरिसडाँडामा राखिएपछि उनी बाध्य भएर गएका भने होइनन् प्रचण्डले पेसिरडाँडामा तपाई टेक्दै टेक्नुहुन्न पार्टी कार्यकर्ताको गुनासो छ भनेपछि ओलीकै प्रस्तावमा अबको सचिवालय बैठक त्यहाँ राखौँ भनेर प्रस्ताव गरेका थिए । तर उनी मन लागेर त्यहाँ गएका भने होइनन् । पूर्व माओवादीहरूले आयोजना गरेका दर्जनौँ कार्यक्रममा उनी सहभागी भएका छैनन् ।

पूर्व माओवादीहरूले आफ्ना नेता कार्याकर्ताहरुको स्मरणमा गर्ने कुनै पनि कार्यक्रम ओलीको सहभागिता  हालसम्म भएको छैन । विभिन्न बहानामा उनको सहभागिता नहुँदा पूर्व माओवादी कार्यकर्ताहरूले ओलीलाई हेर्ने दृष्टि नै फरक पारिरहेको  थियो । पार्टीभित्र पनि ओलीले जे भन्यो त्यही लागु हुँदै आएको थियो । तर अहिले भने परिस्थितिले केही कोल्टे फेरको त होइन भन्न थालिएको छ ।

गत फागुनमा धुम्बाराहीमा आयोजना गरेको जनयुद्ध र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएनन् । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गर्ने प्रचार गरिए पनि अन्तिम समयमा ओली उपस्थित भएका थिएनन् । कार्यक्रममा प्रचण्ड, वामदेव गौतम, विष्णु पौडेललगायतका नेताहरूको मात्र सहभागिता रहेको थियो ।

 ओली आउने भन्दै प्रचार गरेर जनयुद्ध दिवसको कार्यक्रममा नगएको त्यो पहिलो पटक भने थिएन ।प्रदेश र सङ्घको चुनावमा तालमेल गरेर पार्टी एकताको अन्तिम चरणका पुगेको बेला २०७४ फागुन १ गते तत्कालीन माओवादीको युवा सङ्गठन वाइसीएलले पेरिसडाँडामा मनाएको जनयुद्ध  दिवसमा पनि ओली र दाहाल आउने भन्दै प्रचार गरियो । तर कार्यक्रममा दाहाल मात्रै उपस्थित भए, ओली गएका थिएनन् ।

तत्कालीन एमालेबाट वामदेव गौतम सहभागी भएका थिए ।त्यस्तै पार्टी एकतापछि २०७५ फागुन १ गते पनि तत्कालीन माओवादी र एमालेका जनसाँस्कृतिक महासङ्घले २४ औं जनयुद्ध दिवस प्रज्ञा भवनमा मनायो। त्यसमा तत्कालीन एमाले निकट जनसाँस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई उपस्थित थिए, तत्कालीन माओवादीबाट भने दाहाललगायतका नेताहरू थिए । एकतापछि नेकपाको ब्यानरले जनयुद्ध शब्द खासै रुचाएको देखिँदैन र छैन । २०७५ फागुन १ गते पनि नेकपाको ब्यानरमा ‘सहिदहरूको सम्मान’ नाम दिएर मनायो । यो कार्यक्रममा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहभागी हुने बताइएको थियो ।  तर अन्त्यमा ओली सहभागी भएनन्, प्रचण्ड मात्रै सहभागी भए । तत्कालीन एमालेबाट हाल नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए ।

पार्टी एकतापछि ०७५ फागुनमै काठमाडौँ उपत्यकासहित देशभर सहिद सप्ताह मनायो । तत्कालीन माओवादीको पहिलो सहिद दिलबहादुर रम्तेलले ज्यान गुमाएपछि फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको थियो । माओवादीले सहिद सप्ताहमा जिल्लाहरूमा तत्कालीन युवा सङ्घ र वाइसीएलको ब्यानरमा मनाएको थियो । काठमाडौँ उपत्यकामा पनि दुबै संगठनको ब्यानरमा मनाएका थिए । उक्त कार्यक्रममा उपत्यकाका सहिद परिवारलाई सम्मान गरिने थियो ।मुख्यतः तत्कालीन माओवादी केन्द्रीय कार्यालय हाल नेकपाको भातृ संगठनको कार्यालय पेरिसडाँडामा मनाएको सहिद सप्ताहमा पनि ओली र दाहाल दुबै आउने भनिएको थियो । तर अन्त्यमा ओली गएनन्, दाहाल मात्रै गएका थिए। उक्त कार्यक्रममा तत्कालीन एमालेबाट योगेश भट्टराई सहभागी भएका थिए ।

यस्ता दर्जनौँ कार्यक्रममा ओली सहभागी छैनन् । ओली निकटका नेताहरूका अनुसार उनी जनयुद्ध भन्ने शब्दप्रतिकै असहमति रहँदै आएको छ ।  भलै राज्य सत्ता सञ्चालनका लागि दुई नेताहरूको स्वार्थ मिलेका कारण मात्रै पार्टी एकीकरणको चरणमा पुगेको हो । अहिले पनि एकता महाधिवेशन गर्नुपर्ने भएकाले कार्यकर्तालाई एकताको सन्देश दिनका लागि मात्रै ओली सचिवालय बैठकमा सहभागी भएको बताइन्छ । 

पूर्व माओवादीहरूले आयोजना गरेका  कार्यक्रममा पेरिसडाँडा त धुम्बराईमा समेत सहभागी नभएका ओली सचिवालय बैठक नै त्यही राख्ने किन प्रस्ताव गर्थे होलान् र रु आन्तरिक विवादका क्रममा पार्टी निर्णयको चरम उल्लंघन गरेको आरोप खेपेका ओली अहिले भने प्रचण्डलाई कार्यकारी अधिकार दिएपछि उनले पार्टीको निर्णय खुरुखुरु मान्छ कि मान्दैन भन्नेचाहिँ हेर्न बाँकी रहेको बेला पेरिसडाडामा हुने बैठकमा उनको सहभागीलाई अर्थपूर्ण मानिन्छ ।