भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ५, २०७७

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१  पुगेको छ । 

 केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ । 

भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । कु सङ्क्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । 

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि  दुई लाख ९८   हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन् ।

 त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना,सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड  ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ ।