आठौं राष्ट्रिय खेलकुद बैशाख पहिलो साताबाट

आठौं राष्ट्रिय खेलकुद बैशाख पहिलो साताबाट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १६, २०७५

काठमाडौं । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो । 

यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता यही चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो । पछिल्लो समय राखेप सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन यही चैत २७ गते हुने बताउँदै आउनुभएको थियो । 

नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । अहिले प्यारापिटको काम तीव्र गतिमा अघि बढेका कारण नयाँ मिति तय गरिएको हो । 

प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले प्रतियोगिताका केही खेल चैतमै सुरु हुने जानकारी दिएका छन् । चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएपनि बोर्ड बैठकले बैशाखको पहिलो साता प्रतियोगिताको मिति तय गरेको हो ।