लगानी सम्मेलनमा उद्योगमन्त्री असन्तुष्ट

लगानी सम्मेलनमा उद्योगमन्त्री असन्तुष्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

काठमाडौँ । विदेशी लगानी जुटाउन भएको लगानी सम्मेलनमा उद्योगमन्त्री मातृका यादव असन्तुष्ट बनेका छन् । शुत्रबार उद्घाटन सत्रमा उनी मन्त्री बस्ने लहरमा थिएनन् । आफ्ना लागि सिट नराखिएको भन्दै फछिल्लो लहरमा बसे । कार्यक्रम स्क्रिनमा हेरे । उनको असन्तुष्टि आफैंले अध्यक्षता गरेको सत्रमा पनि देखियो । 

औद्योगिक आधार र रोजगारसम्बन्धी एउटा सक्रको अध्यक्षता मन्त्री यादवले नै गरे । त्यसको वत्ता उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा पनि थिइन् । सत्र सकिएपछि आयोजकहरूले सबै वक्ताहरूलाई ‘मायाको चिनो’ प्रदान गर्ने तालिका थियो ।

यादवले अध्यक्षता गरेको सत्रमा पनि आयोजकतर्फबाट गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले मायाको चिनो प्रदान गर्न खोजे । यादवले भने लिन मानेन् । उनले आफूले कुनै उपहार नलिने भन्दै आयोजकका तर्फबाट आउने अधिकारीलाई जवाफ फर्काए । सचिव खतिवडाले भने लिइन् । सम्मेलनमा धेरै विषय उद्योगसँग नै जोडिन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।