नेलम्बो नेपाल द्वारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग

नेलम्बो नेपाल द्वारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ६, २०७७


बागलुङ । नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुन:प्रयोग गर्न मिल्ने एन–९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जना सांस्कृतिक परिवारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । संस्थाका तर्फबाट कुल  ५६ हजार बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कोभिड–१९ को महामारीमा सबै जना एकजुट भएर लाग्नुपर्ने भन्दै सबैले सामाजिक दूरीलाई ख्याल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अनिवार्य मास्क लगाउन, साबुनपानीले मिचीमिची हात धुन वा स्यानिटाइजर लगाउन आग्रह गर्दै उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक डा किसन कोइराला, सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारी, देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी, जनप्रतिनिधि कृष्णप्रसाद भण्डारीलगायतले उपलब्ध सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो ।