सुन तोलामा १७ सयले घट्यो

सुन तोलामा १७ सयले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ६, २०७७

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो ।  

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा ९० रुपैयाँले घटेर तोलाको १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।