राष्ट्रिय नदी सम्मेलन : माछा गायब

राष्ट्रिय नदी सम्मेलन : माछा गायब

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

दैलेख । तेस्रो राष्ट्रिय नदी सम्मेलनले अहिले कर्णाली तटको माझी बस्ती बेहुलीझैं सिँगारिएको छ । नदी र जलीय जैविक विविधतालाई बचाउने विषयमा देश–विदेशका विज्ञहरु विमर्श गरिरहेका छन् ।

नदी किनारमा अवस्थित राकम कर्णाली माझी समुदायको बाक्लो बसोबास क्षेत्र हो । परम्परागत रूपमा यो जाति नदीसँग आश्रित छ । माछा मार्ने र डुंगा खियाउने माझी समुदायको परम्परागत पेसा हो ।

तेस्रो राष्ट्रिय नदी सम्मेलनले अहिले यही माझी बस्ती गुल्जार बनेको छ । रंगीविरंगी टेन्ट, देशी–विदेशी आगन्तुकले कर्णाली तटको यो गाउँ बेहुलीझैं सिँगारिएको छ । सम्मेलनमा नदी र जलीय जैविक विविधतालाई कसरी बचाउने भन्ने विषयमा देश–विदेशका विज्ञहरू विमर्श गरिरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।