सांसदको तलबभत्ता सङ्घसंस्थालाई

सांसदको तलबभत्ता सङ्घसंस्थालाई

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ६, २०७७

तनहुँ । सांसद कृष्णकुमार श्रेष्ठले विभिन्न संस्थालाई तलबभत्ताको रकम सहयोग गर्नुभएको छ ।

उहाँले यातायात क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउन   ५० हजार, खानेपानी योजनाका लागि  ५० हजार, बन्दीपुर गाउँपालिका निवासी गोविन्द अधिकारीको उपचारका लागि  १५ हजार, मिर्गौला पीडित व्यास नगरपालिका–११ निवासी हरिबहादर थापाको उपचारका लागि  १५ हजार प्रदान गर्नुभएको हे ।

श्रेष्ठले सांसदमा निर्वाचित भएदेखि नै तलब भत्ता बापतको रकम जिल्लाको विभिन्न सामाजिक सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ ।