प्रगतिशिल युवा समाजद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

प्रगतिशिल युवा समाजद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ६, २०७७

बझाङ । एकचालीसौँ सामाजिक सेवा दिवस विविध कार्यक्रम आयोजना गरी आज यहाँ  पनि मनाइयो । दिवसको यसवर्षको नारा  ‘सामाजिक सेवा राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि र सुखका लागि समाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ । 

यसै अवसरमा प्रगतिशिल युवा समाजले जयपृथ्वी नगरपालिका- ११ का ५ विपन्न घरपरिवारलाई तीन किलो दाल,३० केजी चामल , दुई किलो नुन, दुई लिटर तेल , दुई केजी चिनी र  हातधुने साबुन वितरण गरेको हो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले मानवीय भावनाले सामाजिक सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

जयपृथ्वी–  ११ का मेनुका रजकले विपन्न समुदायलाई राज्यले सहयोग गर्नुपर्छ भन्नुभयो । समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कोरोनाका कारण समस्यामा परेका केदारस्युँ गाउँपालिकाका वडा नं ३ , ६, ७ र ८ का ६ सय ६८ घरपरिवार र जयपृथ्वी नगरपालिकाका वडा नं १ , ६, ८, १० र ११  का ८ सय ५४ अति जोखिम बालबालिका र परिवारलाई खाद्यन्न सहयोग गरेका थिए  । ती दुई संस्थाले ती दुई स्थानीय निकायमा विद्युत सेवाका लागि सोलार सेट समेत वितरण गरेको जनाएका छन् ।