नयाँ कमेडी सिरियल 'अड्डा' कमेडी प्लस टेलिभिजनमा : हरेक मङ्गलवार बेलुकी ९ बजे प्रसारण हुने

नयाँ कमेडी सिरियल 'अड्डा'  कमेडी प्लस टेलिभिजनमा : हरेक मङ्गलवार बेलुकी ९ बजे प्रसारण हुने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ७, २०७७

ललितपुर । दर्शकहरुको रुचि अनुसार डिशहोमले सुरुगरेको हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडी प्लसमा, २०७७ असाेज ६ गते  मंगलबारबाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुँदैछ ।

विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन ।

भण्डारी का अनुसार हास्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि । अड्डा केही फरक प्रस्तुति लिएर आएको छ ।

डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडी प्लस टेलिभिजनमा ‘अड्डा’ हेर्न सक्नुहुनेछ ।