सुन १२ सयले घट्यो

सुन १२ सयले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ७, २०७७

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला १२ सयले घटेर प्रतितोला ९४ हजार तीन सयमा कायम भएकाे छ। मंगलबार सुन प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको थियो ।

सुन चाँदी व्यवसायी महास‌घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ एक हजार ८ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।