खरेल, बुढाथोकी, घिमिरे र बिक लाई  पुरस्कृत गर्ने घाेषणा

खरेल, बुढाथोकी, घिमिरे र बिक लाई  पुरस्कृत गर्ने घाेषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले समाजमा अनुकरणीय कार्य गर्ने  चार वटा विधाका चार जनालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले झापामा आज चैत्र १६ गते शनिवारका दिन आयोजित पत्रकार सम्मेलन गरी उक्त पुरस्कृत हुने व्यक्तिहरूको घोषणा गरेको हो ।

पत्रकार सम्मेलन दिइएको जानकारी अनुसार हरेक वर्ष प्रदान गरिने रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट यस पटक ललितपुरका डाक्टर केदार बुढाथोकीलाई, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार सुनसरीकी श्रीमती दुर्गा घिमिरेलाई र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट काभ्रेपलान्चोकका प्राध्यापक पुर्शुराम खरेल( पी.खरेल) लाई सम्मान सहित पुरस्किृछ गरिने छ । त्यसै गरी यो वर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट दैलेखका बालक यामबहादुर वि.क.लाई पदान गर्न लागिएको जानकारी समेत गराइएको थियो ।  रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार एक सय एघार रुपैयाँ रहेको छ भने  देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारको राशि एकाउन्न हजार एक सय एघार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका संस्थापक स्व.श्रीप्रसाद ओलीद्धरा खडा गरिएको एक करोड रुपैयाँको कोषको ब्याजबाट प्रत्येक वर्ष राष्ट्रिय स्तरको चार (४) वटा विधामा पुरस्कार प्रदान गरिँदै आएको छ । यसभन्दा अघि पाँचौँ पुरस्कार प्रदान गरी सकिएको र सम्बन्धित विषयमा तीन–तीन जना विज्ञहरू पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिसका आधारमा छैटौँ पटक पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । 

आगामी २०७६ साल वैशाख ०७ गते शनिवारका दिन पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम काठमाडौँ,कमलादी स्थित नेपाल प्रज्ञा प्रतिगष्ठानमा वांगमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने समेत प्रतिष्ठानले जानकारी दिइएको छ ।

प्रतिष्ठानद्धरा वितरण प्रेस विज्ञप्ति अनुसार २०७५ सालको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारद्धारा सम्मानित डाक्टर केदार बुढाथोकीलाई यूनिर्भसिटि अफ लन्डन,बेलायतबाट ‘अफ सिजन्स फ्रेस ओनियन प्रोड्क्सन एज दि क्यास क्रप्स’मा विद्यावारिधि हासिल गरी ३५ वर्षसम्म कृषि विभाग, लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वरिष्ठ कृषि वैज्ञानिकको रूपमा कृषि क्षेत्रमा उहाँले पुर्‍याउनु भएको योगदानको कदर गर्दै ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१८’  प्रदान गर्न लागिएको जानकारी दिइएको थियो । 

प्रतिष्ठानका अनुसार डा. बुढाथोकीको प्रत्यक्ष नेतृत्वमा वर्ण शंकर विधिद्धारा नेपालमा प्रथम पटक ओइ लाउने र पछौटे डढुवा रोग नलाग्ने र अवरोध, बजार, बजारिया र उपभोक्ताहरूलाई आकर्षण गर्ने, बढी उत्पादन दिने श्रृृजना जातको वर्ण शंकर टमाटर विकास गर्नु भएको छ ।   किसानहरूको माझ लोकप्रिय श्रृृजना  हाल करिब ५५ जिल्लाहरूका ४०,००० हेक्टर जमिनमा, १६ लाख प्लास्टिक घरहरू निर्माण भई मौसमी तथा बेमौसमी ५ लाख साना तथा गरिब किसानहरूको संलग्नतामा यस जातको  टमाटर खेती हुँदै आएको  आँकडा छ । पहाडी क्षेत्रमा प्लास्टिक घरभित्र र खुल्ला जमिनम  टमाटर खेती गरी किसानहरूले वार्षिक ९ अर्ब रुपैयाँको हाराहारीमा आयआर्जन गर्न सफल भएका छन् । श्रृृजना, त्रिशना, सम्झना, डाक्टर ३ र डाक्टर सरिता नामक वर्ण शंकर टमाटरको जातहरू  विकास गर्नुहुने डा. बुढाथोकीलाई नेपालको ‘टमाटरका पिता’ भनेर समेत परिचित रहेको जानकारी दिइएको छ । 

त्यसै गरी गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारद्धरा पुरस्कृत सामाजिक अभियन्ता श्रीमती दुर्गा घिमिरे त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एम.ए. र कानुनमा स्नातक गरी बि.सं. २०३३ सालदेखि अनवरतरुपमा सामाजिक सेवाको क्षेत्रमा विशेष गरी मानव अधिकार,चेलीबेटी  बेचबिखनको विरुद्धको अभियानमा क्रियाशील भई महिला उत्थानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए बापत ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१८’  प्रदान गर्न लागिएको जानकारी दिइएको थियो ।  श्रीमती घिमिरेको पहलमा एबीसी नेपाल नामक गैह्रसरकारी संस्थाको स्थापना गर्नुका साथै त्यसपछिका विभिन्न समयमा अरू पनि धेरै संस्थाहरू स्थापना गर्न सक्रिय घिमिरेले हालसम्म ३००० चेलीहरूको उद्धार तथा समाजमा पुनर्स्थापना गरी उनीहरूको जीवनलाई रूपान्तरण गर्न सफल हुनु भएको प्रतिष्ठानले जनाएको छ । 

त्यस्तै श्रीमती घिमिरे महिला र राजनीति, दक्षिण एसिया तथा प्रशान्त क्षेत्रको उपाध्यक्ष, चेलीबेटी बेचबिखन विरुद्धको राष्ट्रिय संस्थाको संस्थापक अध्यक्ष , शैलजा आचार्य आदर्श समाजको संस्थापक अध्यक्ष , महिलाको आर्थिक सशक्तीकरणको लागि स्थापना भएको हस्तकला उत्पादक सङ्घको अध्यक्ष र  शान्ति मालिका नामक संस्थाको पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार समेत रहेको जानकारी दिइएको छ । बेलायत स्थित बि बिसी नेपाली सेवा रेडियो कार्यक्रममा आबद्ध श्री घिमिरेले  सन् १९९४मा बेजिङमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा नेपाली गैह्रसरकारी संस्थाको टोलीको नेतृत्व गर्नुका साथै संसारका विभिन्न ३० मुलुकहरूमा श्रोत व्यक्तिका रूपमा काम गरिसक्नु  भएको छ । वरिष्ठ महिला अधिकार अभियन्ता घिमिरेले सामाजिक सेवाको साथसाथै एक सशक्त नारी लेखिकाको रूपमा सुपरिचित हुनुहुन्छ भने उहाँका जेलको सम्झना, शक्ति गीति क्यासेट ,चेलीका आवाज,चेलीको कथा र व्यथा केही अनुभव र अनुभूतिहरू, नेपालमा महिलामाथि हुने हिंसा (लेख सङ्कलन) Rescue, Rehabilitation and Reintegration: ABC Experience, उनको सम्झना, प्रेमको बगैँचा  लगायतका साहित्यिक तथा अन्य विविध कृतिहरू प्रकाशित भइसकेको  कुरा प्रतीष्ठानद्धरा विज्ञप्तिमा उल्लेख  छ 

यस बसै अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारद्धरा सम्मानित हुन लाग्नु भएका प्राध्यापक पुर्शुराम  खरेल( पी.खरेल) त्रिवेणी बाट इतिहासमा स्नातकोत्तर र Cardiff, Britain बाट पत्रकारितामा Advance Diploma गरी विगत साढे चार दशक देखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रही पत्रकारिता तथा आम सञचारमा उल्लेख्य योगदान पुर्‍याए बापत ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१८’ प्रदान  गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । पी.खरेल सन् १९७३ मा राष्ट्रिय अङ्ग्रेजी दैनिक  The Rising Nepal को सह(सम्पादकका रूपमा प्रवेश गरी सोही दैनिकको प्रधान सम्पादक समेत रही सक्नु भएको छ भने यसैबिच उहाँले गोरखापत्र संस्थानबाट प्रकाशन हुने Sunday Despatch   मा सम्पादकको कार्यभार सम्हाल्नु भएको थियो । राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष,नेपाल प्रेस इन्सिटिच्यूटका पूर्व अध्यक्ष खरेलले त्रिविको केन्द्रीय पत्रकारिता तथा आम सञ्चार विभागका प्रथम प्राध्यापक तथा संस्थापक विभागीय प्रमुख रहेर प्रशंसनीय सेवा पुर्‍याउनु भएको छ ।  हाल त्रिविको पत्रकारिता तथा आम सञ्चार विभागमा भिजिटिङ प्रोफेसर रहनु भएका खरेलले सन् १९८४ देखि नेपाल प्रेस इन्सिटिच्यूटमा Journalism Trainer का रूपमा कार्यरत हुनुहुन्छ भने नेपाल प्रेस इन्स्टिच्युट, UNESCO, Human Rights and Good Governance, Danida  लगायत दर्जनौँ सङ्घ संस्थासङ आबद्ध रही उहाँले  मिडिया बारे अनुसन्धान एवं खोज पत्रकारिता गर्नु भएको छ । उहाँको अङ्ग्रेजी र नेपाली भाषामा दण्ड व६ा भन्दा ब९ि सञचार तथा पत्रकारिता सम्बनधी पुस्तकहरू प्रकाशित रहेको प्रतिष्ठाले जनाएको छ । 

हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधि बारे अङ्ग्रेजी तथा नेपाली राष्ट्रिय दैनिक अखबारहरूका लागि नियमित लेख रचना गर्दै आउनु भएका प्रा. खरेलले ३००० भन्दा बढी लेखहरू प्रकाशित गरी सक्नु भएको छ । सन् १९८४ देखि रेडियो नेपालमा रेडियो डकुमेन्ट्री गर्दै आउनु भएका खरेलले दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अखबार र पत्रपत्रिकाहरूमा  आफ्नो लेख प्रकाशित गर्दै आउनु भएको छ ।

यो वर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार हुन लाग्नु भएका बालक  यामबहादुर वि.क. नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ११ मा अध्ययनरत वि.क.लाई बाल विवाह न्यूनिकरणका लागि चुनौतीपूर्ण कार्य गरी बाल हिंसा र लैङ्गिक हिंसाका विरुद्ध जन चेतनाको वृद्धिको लागि अनुकरणीय योगदान गरे बापत  ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१८’  प्रदान गरिन लागेको जनाइएको छ । 

यामबहादुर वि.क. जिल्ला बाल सञ्जालको अध्यक्ष रहेर जातीय विभेद अन्य गर्न सामाजिक जागरणमा अग्रसर यामबहादुरको नेतृत्वमा बालबालिकाका विकासका लागि दर्जनौँ कार्य सम्पन्न भएका छन् । उहाँले बाल क्लब भवन निर्माणमा आर्थिक सहयोग जुटाउनुको साथै बेचबिखनमा परेका महिला तथा बालबालिकाको अवस्था बारे प्रहरी  लगायतका निकायमा खबर गरी पुनर्स्थापना गर्न, महिला हिंसा, बाल हिंसा विरुद्ध ,विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गर्न , गाउँ व्यवस्थापन समिति गठन गरी मदिरा नियन्त्रण गर्न तथा तत्कालीन गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त बनाउने जस्ता अभियानहरूमा पनि यामले नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको प्रतिष्ठानले जानकारी दिइएको छ ।