बलात्कार अभियोगमा ४५ वर्षीय राई पक्राउ

बलात्कार अभियोगमा ४५ वर्षीय राई पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन ७, २०७७

भाेजपुर ।आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । 

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।