सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक (भिडियाेसहित)

सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक (भिडियाेसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ७, २०७७

काठमाडाैं । सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द रहेको उक्त गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्ट (आरजे)को स्वर रहेको छ । गीतमा राजेन्द्रकै सङ्गीत रहेको छ । 

उक्त गीतमा प्रेमी प्रेमिकाबीच उत्पन्न हुने शङ्काको विषयमा चर्चा गरिएको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडेल पल शाह, नायिका वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । म्युजिक भिडियोलाई सान थापाले निर्देशन गर्नुभएको हो । यसको छायाङ्कन अर्जुन तिवारीले गर्नुभएको हो । सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्नसक्छ’ लगायतका गीत चर्चामा छन् ।   

भिडियाे यहाँ हेर्न सकिन्छ :