पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा

पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ७, २०७७

हुम्ला । स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएकाले चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् । सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमित भएकामा चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविकासमेत रहेको जनाइएको छ ।