आफ्नै बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

आफ्नै बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७७

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । 

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेका राईले गत १६ साउन र ३१ भदौमा जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।