चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ७, २०७७

रसुवागढी नाकाबाट बुधबार अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक  स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । 

आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको  जानकारी रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिए । 

अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री  रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।