सुन प्रतितोला एक हजार दुईसयले घट्यो

सुन प्रतितोला एक हजार दुईसयले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ८, २०७७

काठमाडाैं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला  एक हजार ७०० रुपैयाँ, बुधबार एक हजार २०० रुपैयाँ र आज प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ । 

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला  ९२ हजार ६०० रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला  ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ  कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला  ७० रुपैयाँ ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला  एक हजार १२० रुपैयाँ तोकिएको छ ।