ज्ञानमित्र | ज्ञानविज्ञान | चैत्र १६, २०७५
शनैः शनै देवराज र जर्मन मित्रको छुट्टिने बेला नजिकिंदै गइरहेको थियो । अब पृथ्वीका वासी हामी नरनारीको मनको ‘प्रोग्रामिङ’नै यस्तो छ कि उसले मिलनमा हर्ष एवं विछोडमा न्यास्रो अनुभव गर्छ । म पनि त्यसबाट पृथक कहाँ हुनु र ? हेय दुख अनागतः सम्झेर मैले आफूलाई भुलाउने उपक्रममा देवराजसँग कुराकानीमा अल्झिनु नै श्रेयस्कर ठानेर प्रश्न गरें । प्रभू, हजुरले बनाएको
‘क्लोन’को ‘बे्रन प्रोग्रामिङ’ के छ ? के हालिनाको ‘ब्रेन प्रोग्रामिङ’ जस्ताको त्यस्तै छ ‘क्लोन’मा वा फरक ??
देवराजले हाँस्दै भन्नु भयो, ‘तिम्रा प्रश्न सहज किन हुँदैनन् ? सँधै मर्मकै प्रश्न उठाई दिन्छौ ।’
मलाई थाहा छ जतिसुकै मर्मको प्रश्न भएपनि यसले हजुरको धर्ममा आँच आउँदैन्, मैले पनि हाँस्दै देवराजलाई उत्तर दिन अपरोक्ष अनुग्रह गरें ।
प्रभू, एउटा जिउँदो प्राणीको ‘डिमेनीफैस्टेशन’ ? हजुरले त सरकारले गर्ने ‘डिमोनिटाइजेशन’ जस्तो पो कुरा गर्नुभयो ! त्यो भन्दा पनि सहज छ, ‘डिमोनिटाइजेशन’का अनेकौं ‘फ्याक्टर’ हुन्छन, सामाजिक, राजनैतिक, आर्थिक र यसका कैयन दुष्प्रभाव हुन सक्छन् । ‘क्लोन डिमेनीफैस्टेशन’मा कुनै अप्ठ्यारो नै छैन । म बाहेक तिमी दुई जनालाई मात्र यसको जानकारी छ । ‘क्लोन’ बनाउने प्रयोजन पूर्ण भएपछि उसको विर्सजन बाहेक अन्य के उपयोगिता ?
ल सुन, यो ‘बे्रन प्रोग्रामिङ’ शब्दलाई विभक्त गर, ‘ब्रेन + प्रोग्रामिङ ।’ ‘बे्रन’ एउटा अनन्त सम्भावना र सामथ्र्य सम्पन्न जैविक ‘डिभाइस’ र त्यसमा ‘प्रोेग्राम’ भने देश, काल, परिस्थिती, सामाजिक रीति थिती अनुसारका अनन्त अनन्त । अनि जैविक भएकाले उसको ‘कैप्चरिंग कैपेबिलिटी’ पनि अनन्त । १०० अरब ‘न्युरोन’ र १००० खरब ‘न्युरोन सूत्र’को ‘प्याकेज’ हो ‘ब्रेन’ । एउटै परिस्थितीमा १० वटा ‘ब्रेन’मा एउटै ‘प्रोेग्राम’ प्रक्षेपण गरिएको खण्डमा पनि १० वटा ‘ब्रेन’को बुझाई फरक फरक हुन्छ । यही फरक उसलाई ‘इंडीविजुअल’ बनाउँछ ।
सजिलोका लागि बुझ, २५ जोडी ‘एक्स’ गुणसूत्र र २५ जोडी ‘वाई’ गुणसूत्र यिनकै संयोजनले सबै प्राणी बनेका हुन् । अरबौं मानिस आएर गइसके, अरबौंको तदादमा छन्, अरबौं आउने छन् तर कसैको कसैसँग अनुहार मिलेको छैन्, भविष्यमा मिल्ने पनि छैन । जम्मा २५—२५ जोडीको संयोगमा हुने निर्माणमा दुर्घटनावश पनि कहिल्यै एकरुपता भएको छैन भने ‘ब्रेन’को संरचनासँग तुलना गरी हेर.....।
‘क्लोन’ बन्ने बेला, उसले बन्दा बन्दै पहिलो श्वास फेर्नु भन्दा पहिला ऊ निलोत्तमाको ‘डिटो’ थियो तर अब रहेन् । प्रकृतिमा उसको ‘मैनिफेस्टन’ हुनासाथ उसले लिएको श्वास, उसका प्रत्येक ‘सेन्सस’ले अनुभव गरेको वातावरणीय प्रभाव र बनी सके पछी उसको ‘ब्रेन’ले ग्रहण गरेका सबै विषयवस्तुले फरक आयामको ‘प्रोग्रामिङ’ सेट गरेको छ । हुन त अहिलेसम्म पनि ‘मैक्सिमम’ समानता छ दुबैको ‘प्रोग्रामिङ’मा, तर जति समय बीत्दै जान्छ दुबैको ‘प्रोग्रामिङ’मा असमानता बढ्दै जान्छ ।
प्रभू, मात्र २५—२५ जोडी गुणसूत्रले अहिलेसम्म कुनै ‘रिपीटेशन’ भएको छैन् । अरबौं खरबौं पृथक पृथक प्रकार हुन सक्छन् !
‘हुन सक्छन होइन भएका छन, भई रहने छन् ।’ तिमीले कहिल्यै ताश खेलेका छौ ? वत्स ।
खेलेको छु प्रभू ! ताश खेल्न त साथीहरुसँग नगरकोट पनि पुगिन्छ ।
त्यसो भए के तिम्रो मस्तिष्कले यो सत्य र तथ्य पचाउन सक्छ कि मात्र ५२ पत्ती ताशको गड्डीलाई राम्रोसँग फिसेर यदि जतनपूर्वक काटेर चक्की बाँड्ने हो भने तिम्रो हातमा आएका ताशका पत्ती ताश खेलको इतिहासमा अहिलेसम्म नबाँडिएको हुन सक्छन !
प्रभू, एलएसडीको आविष्कार यस्तै यस्तै कुरा बुझ्न÷पचाउन भएको हो कि ? मैले यति मात्र भन्न सकें ।
तिमी ‘गुगल’मा खोजेर हेर, सारा जानकारी तथ्यांकसहित भेट्छौ ।
प्रभू, एउटा ‘फन्टुस’ प्रश्न, मनुष्य बन्यो नै किन ?
सजिलोका लागि बुझ, २५ जोडी ‘एक्स’ गुणसूत्र र २५ जोडी ‘वाई’ गुणसूत्र यिनकै संयोजनले सबै प्राणी बनेका हुन् । अरबौं मानिस आएर गइसके, अरबौंको तदादमा छन्, अरबौं आउने छन् तर कसैको कसैसँग अनुहार मिलेको छैन्, भविष्यमा मिल्ने पनि छैन । जम्मा २५—२५ जोडीको संयोगमा हुने निर्माणमा दुर्घटनावश पनि कहिल्यै एकरुपता भएको छैन भने ‘ब्रेन’को संरचनासँग तुलना गरी हेर.....।
प्रकृतिसँग तिम्रा धेरै ‘डब्ल्य’ मध्ये -what, where, whom, why, when_ को न कुनै महत्व हुन्छ न जवाफ नै । यी सबै मनुष्य अस्तित्वमा आएपछिका व्यवहारिक, काम चलाउ शब्द हुन् । के तिम्रो विज्ञानले प्रकृति के हो, कहाँ छ, को हो, किन हो, कहिलेदेखि हो भन्नेबारे केही भन्न सक्छ ? ‘विग ब्याङ्ग’लाई नै आधार मान्ने हो भने, यो कहाँ भयो, किन भयो, यसको कारक को भन्नेबारे केही जवाफ छ ?
प्रकृति विशुद्ध प्रक्रिया हो । तिमी (मनुष्य) पनि उसकै कुनै एउटा कालखण्डको निष्पत्ति हौ, र म देवराज इन्द्र पनि त्यै हुँ । म भन्दा पहिला कति देवराज भए, कति पछि हुने छन यसबारे म पनि अनभिज्ञ छु ।
‘त्यसो भए जिज्ञासा प्रकृतिकै गुण होइन’ मैले सोधें ?
निश्चय पनि जिज्ञासा प्रकृतिकै गुण हो । उसकै कार्यशैली हो, यहाँसम्म कि जिज्ञासा नै प्रकृतिको ‘पोटेन्शियलिटी’ हो । तर तिमी मानवले बोक्ने जिज्ञासा त्यो होइन् ।
अँ साँच्चै देवराज ! एउटा जिज्ञासा— मेरो मित्रले ‘एअरपोर्ट’मा ‘क्लोन’बाट ‘बोर्डिङ्ग पास’ लिएर प्रस्थान गरेपछि ‘क्लोन’ को के हुन्छ ?
यसलाई तिमी जिज्ञासा भन्छौ ! यो तिम्रो मस्तिष्कको चिलाई मात्र हो । आफैं विचार गरिहेर, जसलाई तिमी जिज्ञासा भन्दैछौ ती सबै तिम्रो यही नचाहिने प्रश्नकै कोटिमा पर्दैनन् ?
यसको अर्थ म जसलाई जिज्ञासा भन्छु त्यो फगत बकलोल गिरी हो ?
अब यसलाई तिमी जुनसुकै नाम देउ, त्यो तिम्रो स्वतन्त्रता ! तिम्रो थुथराइको पनि जवाफ सुन, त्यो ‘क्लोन’लाई म ‘डिमेनीफैस्टेशन’ गरी दिन्छु ।
प्रभू, एउटा जिउँदो प्राणीको ‘डिमेनीफैस्टेशन’ ? हजुरले त सरकारले गर्ने ‘डिमोनिटाइजेशन’ जस्तो पो कुरा गर्नुभयो !
त्यो भन्दा पनि सहज छ, ‘डिमोनिटाइजेशन’का अनेकौं ‘फ्याक्टर’ हुन्छन, सामाजिक, राजनैतिक, आर्थिक र यसका कैयन दुष्प्रभाव हुन सक्छन् । ‘क्लोन डिमेनीफैस्टेशन’मा कुनै अप्ठ्यारो नै छैन ।
म बाहेक तिमी दुई जनालाई मात्र यसको जानकारी छ । ‘क्लोन’ बनाउने प्रयोजन पूर्ण भएपछि उसको विर्सजन बाहेक अन्य के उपयोगिता ?
यदि विर्सजन गरिएन भने के हुन्छ ? मैले सोधें ।
सर्वप्रथम त निलोत्तमा, उनको परिवारका सदस्य र तिम्रो जीवन प्रभावित हुन्छ । दुई निलोत्तमालाई झेल्न सक्छौ ? दुबै समान गुणधर्मी हुन् ।
हजुरले ‘डिमेनीफैस्टेशन’ कसरी गर्नुहुन्छ ?
यसका थुप्रै विधि छन् । साधन, श्रोत भए तिमी पनि गर्न सक्छौ । यदि तिमी ‘क्लोन’ भएको स्थानको ताप माइनस २७३ डिग्री सेल्सियस गर्न सक्छौ भने ‘एटम’का ‘बाण्ड’ समाप्त हुन्छन् । त्यसरी नै
उच्च तापमा पनि वस्तुको ‘एटम बाण्ड’ खुकुलो हुँदै क्रमशः विलीन हुन पुग्छ ।
अर्को विधि मूल स्वरुप ‘फोटान’मा फर्काई दिने । म उनलाई आफ्नै शरीरमा समाहित पनि गर्न सक्छु । जुन विधिले गरेपनि अन्ततः यो बुझ, सबै एउटै हुन, ‘मेनिफेस्ट’ भएको प्रकृति ‘डिमेनीफेस्ट’ भएर पुनः प्रकृतिमै लीन हुन्छ ।
प्रभू, तपाईले त मलाई ‘कोलिन्स’ झैं अभागी पो बनाई दिनु भयो, ‘विचराले चन्द्रमा सम्म पुगेर पनि चन्द्र धरातलमा टेक्न पाएनन् ।’ म पनि संसारको पहिलो अभागी मानिस हुनपुगें जसले आफ्नो प्रेयसीको ‘क्लोन’ हेर्न पाए पनि सहवास गर्न पाएन । उपस्थित दुबैजना मेरो अभिव्यक्तिमा निकैबेर हाँसे ।
अब हाम्रो ‘एअरर्पाेट’ जाने बेला भयो । देवराजले हामीलाई आफ्नो उन्नत विज्ञानको प्रयोगले सोझै ‘बोर्डिङ्ग हल’मा पुर्याउनु भयो । मूल मित्रलाई विदा गरी हामी ‘रेस्टुरेण्ट’ फर्केर आयौं । हामी तीन—
देवराज, म र मेरो जर्मन महिला मित्रको ‘क्लोन’ ।
देवराजले भन्नुभयो, ‘मेरो पनि प्रस्थान समय नजिकिंदै छ, अन्तिम ‘कफी’ पिउने होइन त अब ।’
मैले ‘कफी’ अर्डर गरें ।
‘तिमीले अन्तिम पटक ‘केक’ ख्वाउँदिनौ नीलोत्तमा,’ देवराजले हाँस्दै भन्नुभयो ।
‘स्योर’ देवराज, भनी उनी ‘केक’ लिन बाहिरिइन् ।
उनी जानासाथ देवराजले भन्नुभयो, मैले जानी जानी ‘क्लोन’लाई बाहिर पठाएको हुँ । तिमीसँग आवश्यक वार्ता गर्नु छ । तिमीले धैर्यपूर्वक बुझ्नु जरुरी पर्छ ।
के कुरा देवराज ?
तिमी एउटा चुरोट खाँदै गर, तबसम्म म तिमीलाई मेरो कुराले लाग्ने ‘शाक’ को प्रवेग मत्थर हुने उपाय सोच्छु ।
देवराजका शब्दले जिउ नै सिरिङ्ग बनायो, मैले चुरोट सल्काएर देवराज के भन्नुहुन्छ त्यो सुन्न सकेसम्मको आफूलाई सहज बनाउने चेष्टा गरें ।
तिमी ‘कोलिन्स’ झैं अभागी होइन वरन् संसारकै परम सौभाग्यशाली मानिस हुन गइरहेका छौ ।
कसरी देवराज ? म देवराजको वाक्चातुर्यमा फसिसकेको थिएँ ।
नीलोत्तमाको ‘क्लोन’ नै नीलोत्तमा बनी तिमीसँग रहने छ ।
साँच्चै देवराज ! तर अघि त हजूरले ‘क्लोन’लाई ‘डिमेनीफैस्टेशन’ गर्ने भन्नु भएको थियो ।
वत्स ! परिस्थिती बदलियो ।
यो त खुशीको कुरा हो मैले भनें ।
हो तिम्रा लागि निश्चय पनि खुशीको कुरा हो । तर नबिर्स प्रकुतिमा खुशी र दुख सँग सँगै आउँछन् । अबको दश मिनेट भित्र नीलोत्तमा चढेको जहाज दुर्घटना हुन्छ र नीलोत्तमा सदाका लागि यस
लोकबाट प्रस्थान गर्छिन् ।
के भन्नु भएको देवराज मेरो मित्रको मृत्यु !
क्रमशः
याे पनि
पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म