उपत्यकामा ७ सय ५५ सहित थप १ हजार ४ सय ९७  जनामा कोरोना पुष्टि

उपत्यकामा ७ सय ५५ सहित थप १ हजार ४ सय ९७  जनामा कोरोना पुष्टि

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ८, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा ७ सय ५५ सहित थप १ हजार ४ सय ९७  जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

बिहिबारथप १४९७ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ। जसमध्ये १८ हजार ४ सय ३७  जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । 

मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६  सय ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५   जना नयाँ संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ४  सय ५७  रहेको छ। देशभर गरेर आज आइसियु २ सय ३२  जना र भेन्टिलेटरमा २८  जना   उपचाररत छन् । कुन प्रदेशमा थपिए कति संक्रमित रु
थप पढनुहोस