कोरोनाबाट एक महिलाको मृत्यु

कोरोनाबाट एक महिलाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ८, २०७७

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना  सङक्रमणबाट मृत्यु भएको छ । 

कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । 

उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना  भई भेन्टिलेटरमा उपचार भइरहेको थियो ।  बिहीबार बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङक्रमितको मृत्यु भएको थियो ।