पूर्व राज्यमन्त्री खड्काले चलाएको गाडीकाे ठक्करबाट अनुपाको मृत्यु, प्रहरी नै ढाकछाेपमा

पूर्व राज्यमन्त्री खड्काले चलाएको गाडीकाे ठक्करबाट अनुपाको मृत्यु, प्रहरी नै ढाकछाेपमा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ११, २०७७

काठमाडौँ। पूर्व राज्यमन्त्री एवं सङ्खुवासभाका काँग्रेस नेता दीपक खड्काले चलाएको गाडीले ठक्करबाट २०७७ असोज ७ गते बुधवार दिउँसो एक बजे  अनुपा कार्की पाण्डे  ज्यान गएको भए पनि प्रहरी नै घट्नाको ढाकछोपमा लागेको स्थानीय बासीले आरोप लगाएका छन् । 

बुढानीलकण्ठ नगरपालिका वडा नं ६ किअनुपा कार्की असोज ७ गते  बुधवार आफ्ना श्रीमानसँग महाराज हिँडिरहेकी कार्की पूर्व राज्यमन्त्री एवं सङ्खुवासभाका काँग्रेस नेता दीपक खड्काले चलाएको गाडीले ठक्कर दिएको थियो ।  ठक्कर दिनासाथ कार्कीलाई  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज लगिए पनि अस्पताल लैजानु पूर्व नै कार्कीको मृत्यु भइसकेको थियो । 

प्रहरी स्रोतका अनुसार ती महिलालाई बाटो काट्ने क्रममा एउटा मोटरसाइकलले ठक्कर दिएको र उनी लडेर सो गाडीमा ठोक्किँदा ज्यान गएकाे  जानकारी  दिने गरेको छ ।  प्रहरीले मोटरसाइकल चालकको खोजी गरिरहेको जनाएको छ । तर पूर्व राज्यमन्त्री एवं सङ्खुवासभाका काँग्रेस नेता दीपक खड्काले चलाएको गाडीले जेब्रा क्रसिङमा नै ठक्कर दिएको प्रत्यक्षदर्शी भनाइ रहेको छ । मोटरसाइकल चालकको खोजी पूर्व राज्यमन्त्री  खड्का बचाउने चालबाजी भएको समेत कार्कीका आफन्तले आरोप लगाएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार चालकले आफ्नो गाडी ठक्कर दिएको पूर्व राज्यमन्त्री  नेता दीपक खड्काको गाडी र चालकलाई  नियन्त्रणमा  लिइसको छ । 

गत बुधवार दिउँसो  महाराजगन्जबाट शिक्षण अस्पतालतर्फ गइरहेको गाडीले अन्जु कार्की पाण्डेलाई ठक्कर दिएपछि उनको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो । उनलाई ठक्कर  दिने गाडी फरार भएपछि महानगरीय प्रहरी महाराजगन्जले सिसी टिभीको सहायताले पूर्व राज्यमन्त्री दीपक खड्का गाडीलाई नियन्त्रणमा लिएको थियो भने गाडी चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बा ११ च ४१४१ नम्बरको गाडीले किचेपछि घाइते कार्की दम्पतीलाई स्थानीयहरूले तत्काल अस्पताल लगे पनि अनुपालाई बचाउन सकेनन् भने उनका श्रीमान् विक्रम कार्की भने सख्त घाइते अवस्थामा उपचार भइरहेको छ ।  प्रहरीले गाडी समातेर ल्याए पश्चात् सो गाडीका बारेमा खोजविन गर्दा उक्त गाडी पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक खड्काको रहेको तथ्य खुलेको  बत्ताइएको छ ।  

प्रहरीले सो गाडीसङै एक जना चालकलाई पक्राउ गरे पनि उनीले नै सो समयमा गाडी चलाएका थिए वा अन्य कुनै व्यक्ति थिए भन्ने यकिन गर्न नसकिएको जानकारी दिँदै नेता खड्कालाई पीडित पक्षसँग छलफलका लागि बोलाउँदा उल्टै कानुनी कुरा झिक्दै प्रहरी नियन्त्रणमा रहेका ड्राइभर छुटाउन शक्ति र पैसाको प्रलोभन लागेको भन्दै पीडित पक्षले न्याय नपाउन्जेल अनुपा कार्कीको शवको पोस्टमार्टम नगरिने परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका छन् । 

कसैले पनि पद र शक्तिको आडमा निर्दोष र कमजोर जनतालाई दुख दिने र ज्यानै लिने  नेता खड्काले केही व्यक्तिहरूलाई आफ्ना दूतका रुपमा घटनाबारेमा बुझ्न लगाएको तर आफू भने पहिला मोटरसाइकल खोज्नुपर्ने भन्दै उम्किन खाेजिरहेका छन् । 'एउटा मोटरसाइकलले ठक्कर दिएको र उनी लडेर सो गाडीमा ठोक्किएको' नाटक रचिएको समेत खड्कालाई स्थानीय बासीले आरोप लगाएका छन् । मृतक कार्कीको शव अहिले पनि अस्पतालको शव गृहमा रहेको छ भने पीडितले न्याय नपाउन्जेल पोस्टमार्टम गर्न नदिने उनको परिवारले अडान लिइरहेका छन् ।