किसान नेता गौरवराज रेग्मीको निधनप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

किसान नेता गौरवराज रेग्मीको निधनप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ११, २०७७

काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताउनुभएको छ । आज शोक वक्तव्य प्रकाशित गर्दै उहाँले भन्नुभयो, 'हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।' 
     
म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको आज निधन भएको हो ।