बहुवर्षीय आयोजना अन्तर्गत जुम्लाको विमानस्थल विस्तार गरिने

बहुवर्षीय आयोजना अन्तर्गत जुम्लाको विमानस्थल विस्तार गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ११, २०७७

जुम्ला । हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, 'विस्तृत अध्ययनका लागि १७ लाख ६९ हजार ९१२ रुपैयाँ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको आफ्नै स्रोतबाट विमानलस्थलमा फायर सेड निर्माण कार्य गत वर्षदेखि निरन्तरता रहेको छ ।'

त्यसैगरी विमालस्थल विस्तार गर्नका लागि एक करोड रुपैयाँ बजेट विनियोजना भएको जनाइएको छ । विमालस्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।  चालू आवमा खर्चतर्फ  कार्यालय सञ्चालनका लागि २९ लाख ६० हजार रुपैयाँ बजेट विनियोजना भएकोे छ ।