‘कांग्रेसमा अब गुट रहँदैन’

‘कांग्रेसमा अब गुट रहँदैन’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७५

गुल्मी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका काग्रेस सभापति देउवाले नेपाली काग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएकाले कांग्रेस अब एक भएर अगाडि बढ्ने बताए।

उनले अब कांग्रेसमा गुट नरहनेसमेत दाबी गरे। ‘विगतले हामीलाई धेरै पाठ सिकाएको छ सभापति देउवाले भने, ‘हामी काग्रेसका नेता कार्यकर्ता एक नहुँदा निर्वाचनमा धेरै स्थानमा पराजय भोग्न प-यो, अब कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन।’

उनले एकीकृत कांग्रेस वनाउन सकेको भए निर्वाचनमा यस्तो अवस्था नआउने भन्दै कांग्रेस एक भएरमा कसैले हराउन नसक्ने बताए। आफूसँगै पार्टाीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सह–महामन्त्री प्रकाशशरण महतलगायत एक दर्जन केन्द्रीय सदस्यसँगै गुल्मी आएका देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकाले केही काम गर्न नसकेको आरोप लगाए। आजको नागरिक दैनिकमा खबर प्रकाशित छ । आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।