दाजुको दुवै हात छिनाइदिने भाइ पक्राउ

दाजुको दुवै हात छिनाइदिने भाइ पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७५

खोटाङ  । दाजुको दुवै हात छिनाएर फरार रहेका केपीलासगढी गाउँपालिका–७ सुङ्देलका २२ वर्षीय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति पारिवारिक विषयमा दाजुभाइबीच झगडा हुँदा खुकुरी प्रहार गरी २५ वर्षीय दाजु अष्टबहादुर राईको दुवै हात छिनालेर बालकुमार फरार भएका थिए।

उनलाई बाक्सिला प्रहरी चौकीबाट खटिएको टोलीले घरदेखि माथिको जंगलमा लुकेर बसेको अवस्थामा शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए। आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।