पर्वतको वहाकी ठाँटीमा प्रहरी चौकी स्थापना

पर्वतको वहाकी ठाँटीमा प्रहरी चौकी स्थापना

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १२, २०७७

पर्वत । नेपाल सरकार मन्त्रीपरिषदको २०७६ असोज ७ गतेको पत्रादेशानुसार विहादी गाउँपालिका-४ स्थित प्रहरी चौकी वहाकी ठाँटी पर्वतको शनिबार स्थापना भएको छ ।

पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु समेतको उपस्थितिमा उक्त प्रहरी चौकी स्थापना गरिएको हो ।

वहाकी ठाँटी क्षेत्रमा बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम एवम् बढ्दो शहरीकरणलाई व्यवस्थापन गर्न सो स्थानमा घर भाडामालिई प्रहरी हवल्दार बोधराज पौडेलको नेतृत्वमा ४ जना प्रहरी कर्मचारीहरू कार्यरत रहने गरी सेवा शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।