भरुवा बन्दुक सहित पक्राउ

भरुवा बन्दुक सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १२, २०७७

काठमाडौं । तेह्रथुम, फेदाप गाउँपालिका-२ नेवाई बस्ने ४९ वर्षीय चन्द्र कुमार लिम्बुलाई १ थान भरुवा बन्दुक र २ थान बन्दुकमा बारुद भर्न प्रयोग हुने फलामको गज सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा गोठमा लुकाई छिपाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

दोलखा, बैतेश्वर गाउँपालिका-२ योन्जन टोल नजिक जंगलमा लुकाई छिपाई राखेको अवस्थामा १ नाल भरुवा बन्दुक फेला पारी आइतबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गैरीमुदीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।