तास खेलिरहेको अवस्थामा पक्राउ

तास खेलिरहेको अवस्थामा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १२, २०७७

कास्की । पोखरा महानगरपालिका-२७ तालचोक डेरा गरी बस्ने बाग्लुङ जैमुनी नगरपालिका-४ घर भएका ३५ वर्षीय निर बहादुर शाहीको डेरा कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।