जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १२, २०७७

मोरङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु विराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र सोही ठाउँ  बस्ने २५ वर्षीय मोहमद असलम मियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ सुकुम्बासी टोलबाट पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति उपर जबरजस्ती करणी उद्योग अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।