४० हजार मूल्य बराबरका विभिन्न पटाका बरामद

४० हजार मूल्य बराबरका विभिन्न पटाका बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १२, २०७७

रौतहट  । कटहरिया नगरपालिका-४ बकैयापुलबाट करिब ४० हजार मूल्य बराबरका विभिन्न पटका आइतबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त पटाका फेला परेको हो ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।