सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु

सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १२, २०७७

बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.४ ख ७२४२ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा स्कुटर चालक निजगढ नगरपालिका-१० लाल बस्ने २६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योती स्यङ्तान र  उनका करिब १ वर्षीय छोरा रहेका छन् ।

फरार बस चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।