५७ वर्षीय वृद्ध मृत अवस्थामा फेला

५७ वर्षीय वृद्ध मृत अवस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १२, २०७७

काठमाडौं । पाल्पा, तिनाउ गाउँपालिका-१ झिङ्गामारास्थित जंगलमा रुपन्देही सैनामैना नगरपालिका-४ बस्ने ५७ वर्षीय कृष्ण बहादुर थापा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

अछाम, चौपाटी गाउँपालिका-१ बस्ने ४८ वर्षीया जमुना सोही ठाउँस्थित चिरकिट्टेमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
बैतडी, दशरथचन्द नगरपालिका-६ सेरास्थित चौलानी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।