सुनीता मृत्यु प्रकरण : घर–गाडी दाइजो माग्दै यातना

सुनीता मृत्यु प्रकरण : घर–गाडी दाइजो माग्दै यातना

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७५

वीरगन्ज । थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति डा। सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका पारिवारिक सदस्य हुन् ।

नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्चेको थियो ।  आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।