बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमितको मृत्यु

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १३, २०७७

धरान । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिनुभयो । 

उनलाई  यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र  श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताउनुभयो । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो ।