नेवार समुदायमा अपरिहार्य र अपरिवर्तनीय रहेको धार्मिक र सांस्कृतिक परम्परा 'पिखालखुः'

नेवार समुदायमा अपरिहार्य र अपरिवर्तनीय रहेको  धार्मिक र सांस्कृतिक परम्परा 'पिखालखुः'

ऋचा श्रेष्ठ तिवारी  |  दृष्टिकोण  |  आश्विन १३, २०७७

सरकारी धारा २६ बस्ने ज्वाला प्रजापति हरेक  बिहान सधैँ 'पिखालखुः'को पूजा गर्ने गर्नुहुन्छ । आफ्नो घरको ढोका अगाडि पिखालखुः स्थापना गर्नुभएको  छ । पिखालखुःको पूजा सकेर घरको मूल  पूजा गर्नुहुन्छ । कुमार देवता पहिला स्थापना गर्नका लागि त्यस स्थानमा सफा गरेर पहिला गोलाकार बनाएर आँगनमा रातो माटोले  लिप्ने, जल चढाउने र कुमार देवताको आव्हान गरेर स्थापना गर्नु पर्दछ तर घर निर्माणको सबै काम सकिएपछि मात्र यो स्थापना गर्ने  परम्परा रहि आएकाे छ ।  

आजकल केही समय यता उहाँको स्वास्थ्यको कारण तल आँगनमा उत्रेर यो पूजा गर्न सक्नु भएको छैन त्यसैले माथि बरन्डाबाट नै जल, फुल चढाउने गर्नहुन्छ । नेवार समुदायमा यसरी आफ्ना घर अगाडि आँगनमा रातो माटो गोबर ले लिपेर गोलाकार बनाएर त्यसमा, फुल  अक्षता, जल चढाएर कुमार भगवानको पूजा गरिन्छ र ढोकाको दायाँ बायाँ पनि पुजिन्छ । 

उहाँ भन्नुहुन्छ, आफ्नो घर वरपर भत ,प्रेत ,पिशाचहरू, देव देवताहरू  पितृहरू घुमीहरने विश्वास गर्ने  हुनाले उनीहले पनि  केहि खान पाउने आशा गर्दछन् त्यसैले उनीहरूको भाग चढाएर मात्र आफूहरूले मन्दिरहरूमा पूजा भाग लाने, घरको  दैनिक नित्य  पूजा सकेर पिखालखुःको पूजा गर्ने गरिन्छ  अनि मात्र दैनिक पूजा पूर्ण हन्छ । दैनिक घरमा पूजा गर्दा भने फुल अक्षताले मात्र पूजा गरे पुग्ने तर विशेष चाडबाडमा भने सबै रित्ती पुराएर देवताको भाग मन्दिरमा लानु पर्दछ । त्यसमा समयबजी, कालो भटमास, फूल,  अक्षता, अबिर, जल, घल्चामा रक्सी र चाडपर्व अनुसारको परिकारहरू समावेश गर्नुपर्दछ । यो पूजा घरका महिला सदस्यहरूले मात्र गर्दछन् चाहे ती सासू होस् वा बुहारी र विवाह नभएका छोरीहरू समेत ले गर्दछन्  । 

आजकल समयाभाव कारण पनि विशेष गरी योमरी पुन्ही, गाईजात्रा, घोडे जात्रा, क्वाँटी पुन्हे , सिथि नखः, दसैँ, गुठी पूजा वा देवाली, तिहार आदि विशेष पर्वहरूमा मात्र सीमित रुपमा यो पूजा गर्न थालिएको पाइन्छ । त्यसो त प्रीतिहरूको श्राद्धहरुमा पनि पहिला नै पिखालखुः पूजा गर्नुपर्दछ र श्राद्ध सकेपछि सबै बाँकी भएका फुल प्रसादहरू सोहरेर तल लगेर पिखालखुःमा  चढाउन पर्ने चलन रहेको छ । 

कुनै पनि इच्छित कार्यहरू सफल सफलताका लागि उनले आफ्ना भक्तजनहरूलाई आशिष दिनको लागि पनि  शक्ति प्रदान गर्दछन् भन्ने  आम विश्वास गर्ने  गरिन्छ । यिनै कारणहरू थिए कि मानिसहरूले माटोको मण्डप  बनाएर उनीहरूको मूल प्रवेशद्वारको अगाडि स्थापित गरे र पहिले यसको पूजा  गर्नु ।

त्यसो त घर बनाउँदा त यसको झन् महत्त्व रहेको छ, घरको जग हाल्ने, धुरी हाल्ने, ढलान आदि गर्दा विशेष रुपमा  पिखालखुः पूजा गरेर मात्र काम सम्पन्न गरिन्छ । यसले गर्दा घरमा सुख शान्ति हुने, घर मूलीको पनि ग्रहदशा राम्रो हुने विश्वास गरिन्छ । 

पिखा भनेको ढोका र लखुः भनेको सडक वा घर बाहिरको संसार भनी बुभन सकिन्छ । यो पूजा घरको सुरक्षा र संवृद्धिका लागि गर्ने गरिन्छ ।  नेवार समुदायमा पहिलो पूजा कलश गणेश, दोस्रो पिखालखुः कुमार  र तेस्रो बुख्याचाको गर्ने गरिन्छ जसको आ-आफ्नै महत्त्व रहेको छ । शुभमङ्गलको लागि घरबाट बाहिर निस्कँदा घर  बाहिरी संसारलाई अलग्याउने सीमा हो यो । 

नेवारी संस्कृतिमा सिथी नखः भनेर चिनिने विशेष अवसर रहेको छ जसलाई कुमार शास्त्री पनि भनिन्छ जुन चन्द्र क्यालेन्डर अनुसार ज्येष्ठ महिनाको उज्ज्वल आधाको छैटौँ दिनमा हरेक वर्ष सुरु हुन्छ । त्यस दिन नेवार घरपरिवारले पिखालखुःलाई  गोबर र त्यसमा सेतो पाउडरले मिसाएर एक 'हेक्सागन' चित्र बनाइन्छ र यसलाई सिन्दूर, चावल र फूलले पूजा गर्नेछ। त्यस दिनलाई कुमार को जन्मदिन मानिन्छ। दिव्य संरक्षक कुमार नेवारको परम्परा अनुसार सिठी नखः सबै विवाहित छोरीहरूलाई आमन्त्रित भोजको साथ मनाइन्छ। कुमारलाई नेवार संस्कृतिमा अत्यधिक सम्मान दिइन्छ। यसले शिव र पार्वतीका जेठो छोरा कुमार कार्तिकेय र विभिन्न समुदायले पुराना 'वर्षा बच्चा' भन्ने जन्मदिन पनि मनाउने चलन छ । यो उत्सव कुमारको सम्मानमा मनाइन्छ, यसैले यस दिनलाई कुमार षष्ठी पनि भनेर चिनिन्छ। कुमारले जस्तो मण्डप चित्रण गरेर मानिसहरूले पिखलाखुः घर बाहिरको ठाउँलाई पूजा गर्छन्। यो पर्वमा मौसम परिवर्तन का साथै मनाउने चलन छ, वर्ष कालको सुरुवातको कारण टोलको पानी, इनार आदीको सफा गर्ने चलन रहेको छ ।  

पिखालखुः एक शक्तिशाली देवताको प्रतीकात्मक प्रतीक हो ।  जसलाई कुमार  भनेर पनि चिनिन्छ।  भगवान शिव पार्वतीका एक छोरा, अर्को छोरा गणेशको अगाडि पनि पूजा गर्ने सुअवसर पाएकव शास्त्रीय मान्यता रहेकाे छ । कुमारलाई  मानव र उनीहरूको सम्पत्तिको सुरक्षा गर्छन् भन्ने बिस्वासका साथ पूजा गर्ने गरिन्छ ।  कुनै पनि इच्छित कार्यहरू सफल सफलताका लागि उनले आफ्ना भक्तजनहरूलाई आशिष दिनको लागि पनि  शक्ति प्रदान गर्दछन् भन्ने  आम विश्वास गर्ने  गरिन्छ । यिनै कारणहरू थिए कि मानिसहरूले माटोको मण्डप  बनाएर उनीहरूको मूल प्रवेशद्वारको अगाडि स्थापित गरे र पहिले यसको पूजा  गर्नु ।

सबैभन्दा महत्त्वपूर्ण अनुष्ठान कार्यहरू विवाह समारोहको समयमा पिखालाखुःबाट सुरु हुन्छ। परम्परागत नेवार संस्कृति अनुसार, भर्खरै विवाह भएको दुलही उसको दुलहाको घरमा लिएर आउँछिन् र पीखालाखुःमा खडा भई उनको सासुले स्वागत गर्छिन् । केही सांस्कारिक कार्यहरू हुन्छन् जस पछि दुलहीलाई सासूले घर फर्काउँदछन्। यो भर्खरै विवाह भएको दुलहीको औपचारिक मान्यता पनि हो। दुलहा पहिलो पटकको लागि आफ्नो जीवनसाथीको घरमा प्रवेश गर्दा यस्तै औपचारिकता दिइन्छ । यसबाहेक,  नेवार समुदायमा पिखालाखुः  सामाजिक र धार्मिक सांस्कृतिक रुपमा अपरिहार्य र अपरिवर्तनीय भूमिका ओगटि रहेकाे छ । त्यहाँ पिखालाखः परिवारका सदस्यहरूको जन्म र मृत्युको समयमा केही बाध्यकारी अनुष्ठानहरू गरिन्छ।

सरकारी धारामा नै कपडा पसल व्यवसाय गर्दै आउनु भएकी सिरान श्रेष्ठ भन्नुहुन्छ- 'पिखालखुः पूजा नगरेसम्म लक्ष्मीको वास घरमा नहुने विश्वास गरिन्छ । विशेष चाडपर्वमा भोज गर्दा बनाएको सबै परिकार पहिला पिखालखुः मा चढाउन पर्दछ, त्यसैगरी अग्नी, काग, वायु सबैलाई चढाएर मात्र भोज सुरु गरिन्छ । यो प्रचलन सबै नेवार जातीहरूको हो तर आजकल धेरै कमले मात्र गर्दछन् तर यो पूजा गरेको धेरै राम्रो  मानिन्छ ।  

आजकल भने यो प्रचलन धेरै महत्त्वको कामकाज  र  चाडपर्वहरूमा मात्र गरिन थालिएकाे छ ।  तर घरका महिला सदस्यहरू नछुने हुँदा, घरमा सुतक पर्दा, कसैको मृत्युमा जुठो परेमा भने यो पूजा गरिँदैन केवल पानीले चोख्याउने काम गरिन्छ । कतिपय घरमा भने गरिँदैन पनि  पिखालखुः पूजा त्यसो त अर्का फेशन डिजाइनर  किना मर्हजन भन्नुहुन्छ - हाम्रो घरमा यो पूजा गर्ने त्यति चलन छैन, हाम्रो अग्रज वा सासूले पनि यो पूजा गर्नुहुन्न र हामीले पनि त्यति गरेका छैनौँ वा भनौँ हामीले यो प्रचलन सिकेका छैनौ तर विशेष चाडपर्वमा देवता वा पितृहरूको नाममा सबै भोजन चढाएर मात्र पनि भोज गर्ने गरिएको छ । 

काठमाडौँ महानगरपालिका वडा नं २३ बस्ने सामाजिक कार्यकर्ता सजनी महर्जन भन्नुहुन्छ- पिखालखुःको दैनिक पजा त गरिन्छ नै तर यदि पिखालखुःमा वर्ष दिनसम्म वा ११ दिनसम्म सुतक आदि बार्ने समयसम्म पूजा गरिएको छैन भने त्यो घरमा नखः अर्थात् चाडपर्व छैन भन्ने बुझ्न सकिन्छ, त्यसो त दसैँका (मोहनी) जमरा पनि यहाँ नै विसर्जन गर्ने गरिन्छ  र तिहार (स्वान्ति) मा पनि यहाँ विशेष पूजा गर्ने प्रचलन रहेको छ । 

त्यसो त बौद्धमार्गीहरुले यसलाई क्षेत्रपालको रुपमा मानेका छन् । विभिन्न क्षेत्रपालहरु  छुट्टै छुट्टै व्यक्तिहरू मानिन्छ र स्थानीय नामहरू हुन सक्छन् । उनीहरूले नै घरको रेखदेख गर्दछन् भन्ने मान्दछन् । सहर र खाली ठाउँहरूमा केही क्षेत्र पाल  भैरव वा कुमारीको साथ पहिचान गरिएको छ। 

केही क्षेत्रपालहरू यन्त्र वा रहस्यवादी रेखाचित्र  कोरिएको हुन्छ (तीमध्ये कमल, एक त्रिकोण, छ) पोइन्ट डबल त्रिकोण वा अधिक विस्तृत श्रीयन्त्र- तर अरूहरू भेट्टाइएन। क्षेत्र पालले नजिकको संरचना वा आफैँ वरपरको क्षेत्रलाई चोरहरूबाट, बिरामीबाट, र दुष्टात्माबाट हुने दुर्भाग्यबाट जोगाउँदछ। तिनीहरू ईश्वरीय प्रकारका हुन् खतरनाक  (दिव्यहरूको विशिष्टता) जसले समस्यालाई निम्त्याउँदछ यदि अनजान  मा  बेवास्ता गरियो वा  दुर्व्यवहार गरिएको, यसैले आफैमा रोग वा दुर्भाग्य हुन सक्छ।

तान्त्रिक चिकित्सकहरूले कहिलेकाहीँ अन्जान मा टेक्ने, थुक्ने वा अन्यथा केही क्षेत्रपाललाई अपमान गर्नेलाई रोग ग्रस्त तुल्याउँछन्। प्रत्येक  प्रमुख क्षेत्रपालहरु प्रमुख घरेलु चाडहरूको अन्त्यमा प्रत्येक परिवारले भोजको प्रसाद दिनै पर्छ। केही घरहरूले भोज सुरु हुनु भन्दा पहिले दिन्छन्। ईश्वर-घरहरू र आगनहरुको घरहरूको रक्षा गर्ने क्षेपालहरूलाई विशेष देवताको घरको रक्षा गर्ने भोजका साथ संयोजनको रूपमा खाना पनि चढाउन सकिन्छ। कहिलेकाहीँ व्यक्तिले एक चित्त दुखाउने क्षेत्र पाललाई निको पार्ने वा उपचार गर्ने वा केही दुर्भाग्य रोक्नको आशामा स्थानीय छत्र पालहरूको पूजा गर्छन्।

यो प्रचलन नेवार संस्कृतिको अंश हो जुन तान्त्रिक मान्यताबाट प्रभावित छ जुन पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण  गरिएको छ । परम्परागत रूपमा, त्यहाँ दुई अलग पिखालखुः छन्, एक निजी घरको एक्लै सम्बन्धित छ र अर्को एक समग्रमा विशेष समुदायको। जबकि निजी पिखालखुः मुख्य प्रवेशद्वार अगाडि हुनेछ र घर मालिकको परिवार द्वारा एक्लै पूजा हुनेछ, समुदाय पिखालखुः त्यो इलाकामा बस्ने परिवारको एक समूहको हो। यो समुदाय पिखालाखुःले नेवार परम्परागत जीवन शैली, सामुदायिक संस्कृति र न्यूक्लियस समाजमासँगै बस्नको परम्पराको विशेषताहरू चित्रण गर्दछ।

यो प्रचलन वा संस्कार को यति महत्त्व छ र पनि यो संस्कार कहिले देखि शुरुवात् भयो त भन्ने कुरामा  आजसम्म अन्योल रहेको  पाइन्छ । कतै कतै मूर्ति पूजा भन्दा अघि भएको हुन सक्ने पनि  अनुमान  गरिएको छ  ।  मल्लकालमा घरहरू बनाउँदा घर अगाडिको स्थानमा  कमलको आकारमा भएको ढुङ्गाको पेटीलाई, फुटपाथमा हरेक बिहान पूजा हुने समय अगाडि पूजा गर्ने चलन रहेकाे इतिहासमा उल्लेख छ । यो पोखलालाई पिखालाखुः भनेर चिनिन्थ्यो घर र सडकको बिचमा पिखलाखुः (पिन-बाहिर, खा-ढोका, लम्खु-धारा) सडकलाई प्रतीकात्मक रूपले बगैँचाबाट बग्ने मानवको बगैँचाका रुपमा मानिदै आएको छ ।  

हुन  त आजकल धेरै मात्रामा यो प्रचलन नेवारी समुदाय भित्र नै हराउँदै गइसकेको छ । अबका पुस्ताले के यो प्रचलन वा संस्कारलाई के निरन्तरता दिन सक्छन् त भन्ने प्रश्न रहेको छ । कै यतिकै मा यो संस्कार हराएर जाने हो त भन्ने गम्भीर प्रश्न पनि उब्जेको छ ।  पिखालखु: मात्र नभई यससँग सम्बन्धित संस्कृति पनि काठमाडौँको नेवार समुदायबाट हराउँदै गएको छ ।