बढ्यो सुनको मूल्य, कति पुग्यो त तोलाको ??

बढ्यो सुनको मूल्य, कति पुग्यो त तोलाको ??

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १३, २०७७

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला  ९०० ले बढेको छ । 

महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला  ९३ हजार ७०० तोकेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला  ९३ हजार ३०० र तेजाबी सुनको मूल्य  ९२ हजार ८०० पुगेको थियो । 

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला  २५ ले वृद्धि भई एक हजार १७५ पुगेको छ ।