१३ सय ७ पदकका लागि  ५ हजार २ सय ११  जना भिड्दै

१३ सय ७ पदकका लागि  ५ हजार २ सय ११  जना भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १७, २०७५

 काठमाडौ । आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नं ५ को विभिन्न स्थानमा हुने  भएको  छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३ सय ७ पदकका लागि पाँच हजार २ सय ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । 

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २ सय११ जना खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा दुई हजार ८ सय २५ पुरुष र दुई हजार ३ सय ८६ महिला खेलाडीहरुको सहभागिता रहनेछ । 

प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत प्रतिस्पर्धी स्वर्ण पदक विजेता खेलाडीलाई सातौ राष्ट्रिय खेलकूदमा रु १० हजार व्यवस्था गरिएकोमा आठौँ राष्ट्रिय खेलकुदमा यसमा वृद्धि गरी रु १५ हजार र सामूहिक प्रतिस्पर्धी सातौँ राष्ट्रिय खेलकुदमा रु पाँच हजार व्यवस्था गरिएकोमा आठौँमा त्यो रकम वृद्धि गरी रु सात हजार पुर्‍याइएको छ । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई जनही रु २५ हजार प्रदान गरिने राखेपले जनाएको छ । 

प्रतियोगितामा टोली प्रशिक्षक ६४० र टोली व्यवस्थापक ४६१ को सहभागिता रहनेछ । 

प्रतियोगितामा ३५ खेलहरु फुटबल, एथलेटिक्स, बक्सिङ्ग, भारोक्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराँते, कुस्ती, फेन्सीङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराँते र हक्कीका प्रतियोगी हुने छन् । 

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक ९२२ र स्थानीय निर्णायक ४७१ समेत गरी जम्मा एक हजार ३९३ जनाको सहभागिता रहनेछ । खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियल समेत गरी १० हजारको सहभागिता रहने राखेपले जनाएको छ । 

प्रतियोगितामा विभागीय टोलीबाहेकको खेलाडी तथा अफिसियलको खाना, बसोबासका लागि रु चार करोड ६७ लाख १७ हजार २०० खर्च लाग्ने छ भने रेफ्रीहरुको यातायात र निर्णायक भत्तातर्फ रु ५६ लाख ३३ हजार ५०० लाग्ने परिषद्ले जनाएको छ । 

जिल्लास्तरीय खेलाडी छनौटका लागि जिल्लामा खेलाडी दर्ता भएको आधारमा कोटा निर्धारण गरी ७७ जिल्ला खेलकुद विकास समितिबाट खेलाडी छनौट सम्पन्न गरिसकिएको र यसका निमित्त रु तीन करोड पाँच लाख ४० हजार खर्च भएको परिषद्ले जनाएको छ । 

प्रदेश प्रतियोगिता तथा छनौट, बन्द प्रशिक्षण, यातायात समेतका लागि सातै प्रदेशलाई रु १९ करोड ९० लाख निकासा गरी प्रदेश नं। ३ र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो छनौटबाहेक ३५ वटै खेलका खेलाडीहरु छनौट भइसकेका छन् । प्रदेश नं ३ को तेक्वान्दो खेलको प्रदेश छनौट यही चैत २३ देखि २५ गतेसम्म हुने र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो खेलको प्रदेश छनौट यही चैत २० देखि २२ गतेसम्म हुने परिषद्ले जनाएको छ । 

परिषद्का अनुसार विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई खेलाडी छनौट तथा खेल सामग्रीका निमित्त रु सात लाखका दरले रु २१ लाख निकासा गरिसकिएको र सम्बन्धित विभागबाट खेलाडी छनौट भई विभागमै प्रशिक्षणरत् रहेका छन् । 

गैर आवासीय नेपाली सङ्घ ९एनआरएन०को तर्फबाट नौ देशका २४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा १२५ ‘भोलेन्टियर’ प्रशिक्षकलाई ७७ जिल्ला खेलकुद विकास समिति र सातै प्रदेशमा प्रशिक्षण गराउने गरी नियुक्ति दिई कामकाजमा लगाइएको छ । 

प्रतियोगिताका लागि रु। ४३ करोड ८५ लाख ५१ हजार ६५० खर्च लाग्ने र चालु आ.व. मा विनियोजित रु १७ करोड ८४ लाख ५९ हजार र अर्थ मन्त्रालयले थप निकासा गरेको रु १५ करोड गरी रु ३२ करोड ८४ लाख ५९ हजार राष्ट्रिय खेलकुद परिषद्का नाममा निकासा भइसकेको तथा बाँकी नपुग रकम रु ११ करोड ९२ हजार ६५० निकासाका निमित्त युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गरिएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

प्रतियोगितामा सहभागी हुने प्रदेश तथा राष्ट्रिय प्रतियोगिताको खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री, खेल सङ्घ प्रतिनिधिको सङ्ख्या तथा कोटा निर्धारण भइसकेको तथा प्रतियोगिताका निमित्त खेल सामग्रीको व्यवस्था भइसकेको छ । आठौँ राष्ट्रिय खेलकदको समुद्घाटन नेपालगन्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्यरूपमा गरिने छ भने समापन वैशाख ११ गते साँझ नेपालगन्ज रङ्गशालामै सम्पन्न गरिनेछ । 

यसअघि परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०७५, आर्थिक कार्यविधि तथा खर्चका मापदण्डसहित मन्त्रिपरिषद्को निर्णय बमोजिम स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ । 

वैशाख ५ गते औपचारिक उद्घाटन गरिने भए पनि प्रतियोगितामा समावेश केही खेल भने चैत २७ गतेदेखि नै शुरु गरिने राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका खेलहरु बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ । 

बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याण्डबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । 

त्यसैगरी दाङमा महिला फुटबल, एथलेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लन टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । 

प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो । प्रत्येक दुईरदुई वर्षको अन्तराल गर्ने लक्ष्यसहित २०३८ सालमा शुरु भएको राष्ट्रिय खेलकुदको शुरुका तीन संस्करणबाहेक कुनै पनि राष्ट्रिय खेलकूद दुई वर्षको अवधिमा हुन नसकेको करा राससके समाचारमा कुमार चौलागाईं र मुना कार्कीले उल्लेख गर्नुभएको छ ।