सबैभन्दा आत्मनिर्भर देश नखचिवन : कर्मचारीले तलब पाउँदैनन्, १५ वर्षमा आर्थिक वृद्धिदर ३ सय गुणा !

सबैभन्दा आत्मनिर्भर देश नखचिवन : कर्मचारीले तलब पाउँदैनन्, १५ वर्षमा आर्थिक वृद्धिदर ३ सय गुणा !

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १४, २०७७

हुनसक्छ, तपाईँले नखचिवन  नामकाे देश छ  कहिल्यै पनि सुन्नु पनि भएको छैन  हाेला सायद। याे देश अजरबैजानको यो स्वायत्त गणराज्य ट्रान्स–काकेशियन पठारमा रहेको छ । 

नखचिवन चारैतर्फ आर्मेनिया, इरान र टर्की रहेको छ । यो पूर्व सोभियत संघको सबैभन्दा पृथक आउटपोस्टमध्ये एक हो, जहाँ पर्यटकसमेत पुग्दैनन् । आर्मेनियाको ८०–१३० किलोमिटर भूमिले यो देशलाई अजरबैजानबाट अलग गर्छ । करिब साढे ४ लाख जनसंख्या रहेको यो देश विश्वका सबैभन्दा ठूला देशहरुले घेरिएको भूपरिवेष्ठित देश हो ।

यसको क्षेत्रफल बालीको बराबर छ । यहाँ सोभियतकालका भवनहरु छन्, सुनका गुम्बज भएका मस्जिद र राता पहाड छन् । यहाँको एक उच्च समाधिस्थलमा हजरत नबीलाई गाडिएको विश्वास गरिन्छ । 

सफासुग्घर राजधानी

नखचिवनको राजधानी अत्यन्तै सफा सुग्घर छ । हरेक साता सरकारी कर्मचारीहरु रुख रोप्ने र सफाइ गर्छन् । सोभियत संघ विघटन हुनुभन्दा पहिला यही स्वतन्त्रताको घोषणा गरिएको थियो–लिथुवानियाभन्दा केही महिना पहिले । त्यसको १५ दिनपछि यो राज्यलाई अजरबैजानमा सामेल गरिएको थियो । अजरबैजानको राजधानी बाकुबाट ३० मिनेट विमानको यात्रापछि नखचिवन पुगिन्छ । 

बाहिरी संसारका लागि नयाँ स्थान

नखचिवनमा सोभियत संघको सीमा नेटोनको सदस्य टर्कीसँग जोडिन्थ्यो । यहाँको सीमा इरानसँग पनि जोठिएको छ । त्यसैकारण सोभियत संघका धेरैजसो नागरिक यहाँ सहज रुपमा पुग्न सक्दैन थिए । 

सोभियत संघबाट अलग भएको ३० वर्षपछि पनि रुसी भाषा बोल्ने मानिस र बाहिरी संसारका लागि यो स्थान नयाँ छ । 

अजरबैजानको भिसा भएमा जो कोही यहाँ जान सक्छ । पर्यटनका लागि यो निकै सुरक्षित क्षेत्र हो । तर पनि यहाँका अधिकारीहरु विदेशी पर्यटक आएमा अचम्ममा पर्छन् । 

हजरत नुहको जमिन

नखचिवनमा फोहोरमैला खोज्दा पनि भेटिँदैन । सोभियतकालीन भवन, सडक र पार्कहरु अन्यत्तै सफा राखिएका छन् । यहाँको आठ कुना भएको बुर्जले सबैको ध्यान आकर्षित गर्छ । इस्लामिक शैलीमा बनेको यो बुर्जमा सिंगमरमरका टायलहरु लगाइएको छ । स्थानीय मानिसको मनभित्र यो बुर्जले महत्वपूर्ण स्थान ओगटेको छ । 

नुहको चिहान विश्वका पाँच स्थानमध्येको एक हो, जहाँ नबीलाई गाडिएको दाबी गरिन्छ । यहाँका मानिसहरु उनीहरुको मातृभूमि हजरत नुहको जमिन भएको विश्वास गर्छन् ।
केही विद्वानले ‘नखचिवन’ आर्मेनियाली भाषाको दुई शब्द मिलेर बनेको छ । जनको अर्थ ‘वंशजहरुको स्थान’ भन्ने हुन्छ ।

केही मानिसका अनुुसार पुरानो फारसीको नख (नुह) र चिवन (स्थान) मिलेर बनेको छ । जसबाट ‘नुहको स्थान’ हुन्छ । स्थानीय किम्बदन्तीका अनुसार जब प्रलयका समयमा बाढीको पानी घट्यो, तब नुहको नाउ इलेंडागको पहाडी क्षेत्रमा रोकियो, त्यसको निशाना आजसम्म पनि देखिन्छ । 

नखचिवनका केही मानिस हजरत नुह र उनका अनुयायीहरुले आफ्नो बाँकी जीवन त्यहीँ बिताएको र आफूहरु उनीहरुकै सन्तान भएको विश्वास गर्छन् । पछिल्लो करिब ७,५०० वर्षअघि जब नुह र उनका अनुयायी माउन्ट इलेंडागबाट निस्किए, तबदेखि उनका वंशज पर्सियन। अटोमन र रुसी शासनको अधिनमा रहे । पछिल्लो केही दशकदेखि आर्मेनियाँसँग उनीहरुको जमिनको विवाद चलिरहेको छ । 

अर्मेनियासँगको युद्ध

सन् १९८८ मा सोभियत संघको पकड कमजोर भयो, तबदेखि दक्षिण–पश्चिमी अजरबैजानमा नखचिवन नजिकै रहेको नागोर्नो–कारबाखमा आर्मेनियाका नश्लीय समूहहरुले अजरबैजानसँग युद्ध सुरु गरे । सन् १९९४ मा युद्धविराम हुँदासम्म यो हिंसामा करिब ३० हजार मानिसको मृत्यु भएको थियो ।

सन् १९८८ मा आर्मेनियाका केही नश्लीय समूहले नखचिवनलाई अजरबैजान तथा सोभियत संघसँग जोड्ने रेल तथा सडक मार्ग बन्द गरिदिएका थिए । इरान र टर्कीसँग जोड्न आरस नदीमा बनाइएका दुई साना पुलले नखचिवनलाई भोकमरी र राज्य पतन हुनबाट बचाए । 

नाकाबन्दीमा फसेको नखचिवनका मानिसहरुमा त्यसपछि आत्मनिर्भरताको भावना उत्पन्न भयो । आर्थिक रुपमा पुल र छिमेकीसँग निर्भर रहनुको सट्टामा उनीहरु आफैं आत्मनिर्भर हुने दिशामा अघि बढ्न थाले र आवश्यक पर्ने सामान आफैं उत्पादन गर्न थाले ।

सन् २००५ मा कच्चा तेलबाट अजरबैजानको आम्दानी र अर्थतन्त्र पनि बढ्यो । यससँगै नखचिवनमा लगानी पनि बढ्यो । यसबाट आत्मनिर्भरताको राष्ट्रिय भावना अझै विकास भयो । आज उत्तर कोरियाजस्तै अजरबैजानको यो यस्तो उदाहरणीय क्षेत्र हो, जो आर्थिक रुपमा कुनै पनि देश, बाहिरी सहायता या अन्तर्राष्ट्रिय व्यापारमा निर्भर छैन ।

नखचिवनको आर्थिक नीतिले यहाँका मानिसहरुको खानपानको शैलीमा पनि परिवर्तन भयो । यहाँका मानिसहरु अर्गानिक खेतीतर्फ आकर्षित भए, जुन राष्ट्रिय गौरवको स्रोत बन्यो र यस स्थानको नयाँ पहिचान पनि दियो ।

खानाको कमीको समय त्यहाँका मानिसको मस्तिष्कमा अझै ताजा छ । तर आर्थिक निर्भरताको सोभियत नीति छाडेपछि नखचिवनले आफ्नै नीति बनायो, जसमा कीटनाशक औषधिको प्रयोगमा रोक लगाइयो । अर्गानिक खानाको नीति लिइयो । उनीहरु स्थानीय खेतमा फलेका खानेकुरा खान थाले । माछा पनि स्थानीय तालमा पालिएका मात्र खान्छन् । उनीहरुले नुन पनि नखचिवनको एक भूमिगत गुफाबाट निकाल्छन् । यहाँ १३ करोड टन शुद्ध प्राकृतिक नुन दमदेखि लिएर ब्रोङकाइटिससम्मका केही प्रकारका श्वासप्रश्वासका बिरामीलाई ठीक गर्न सक्छ । 

नखचिवनका सरकारी कर्मचारीहरुले स्वेच्छिक काम गर्नुपर्छ । जसमा सरसफाइ, बिरुवा रोप्नेलगायतका कामहरु हुन्छ । यस किसिमको काममा शिक्षक, सैनिक, डाक्टर र अन्य सरकारी कर्मचारीहरु पनि सामेल हुन्छन् । 

यस्तो काम गरेको उनीहरुले कुनै भुक्तानी भने पाउँदैनन् । यो कामप्रति आपत्ति हुने सरकारी कर्मचारीले तत्कालै आफ्नो कामबाट राजीनामा दिनुपर्ने हुन्छ । यहाँ पछिल्लो १५ वर्षमा अर्थतन्त्र तीन सय गुणा बढेको छ । 

स्रोत एजेन्सी