जनजाति मूलको महावाणिज्यदूत माग्ने एक अभियन्ताको बकपत्र : अब कसैलाई भेदभाव र दुःख नदिइयोस्
आश्विन १४, २०७७

आदिवासी जनजाति आन्दोलनको सन्दर्भ

 नेपाल सरकारले ढिलै भए पनि हङकङको लागी नेपाली महावाणिज्यदूत आदिवासी जनजाति मुलका नेपाल सरकारको सहसचिव उदय राना मगरलाई नियुक्ति गरेर नेपाल आदिवासी जनजाति महासङ्घ हङकङले  नेपाल सरकारले   मागलाई  सम्बोधन गरेकोमा  लिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ हङकङले नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद टक्रयाउदै नवनियुक्त हङकङका लागी नेपाली महाबाणिजदुत उदय राना मगरलाई हार्दिक बधाई र सफल कार्यकालको लागी शुभकामना टक्राउँदछु ।

नेपाल सरकारको मन्त्री परिषद्को बैठकले गत भाद्र १३ गते आइतबारको दिन हङकङको लागि नेपाली महावाणिज्यदूत उदय राना मगलाई नियुक्ति गर्ने ऐतिहासिक निर्णय गरेको छ । किनभने हङकङका लागि नेपाली महावाणिज्यदूत आदिवासी  जनजाति मूलका यो भन्दा पहिले थिएन ।  हङकङमा पुगनपुग ५० हजारको हाराहरिमा नेपालीहरूले बसोबास गरेका छन् । जस मध्ये ९८ प्रतिशत आदिवासी जनजाति नै रहेका छन् । हङकङमा नेपाली आदिवासी जनजातिहरूको छाता सङ्गठन नेपाल आदिवासी जनजाति महासङ्घ हङकङ स्थापित स‌ंस्था हो । जुन संस्थाले विगत १४ वर्षदेखि नेपाल सरकारसँग आदिवासी जनजाति मुलका महावाणिज्यदूत पठाइओस् भन्ने माग राख्दै आएको थियो ।  हालसम्म सरकारले  यो मागलाई बेवास्ता गरेको  भन्दै शान्तिपूर्ण आन्दोलन गर्न  बाध्य हुँदै आएको  थियो । 

 महासङ्घको मागलाई  नेपाल सरकारले बेवास्ता गर्दा हङकङमा कार्यरत महावाणिज्यदूतहरूले सामाजिक बहिष्कार जस्तो अपमान भोग्नु परेको थियो भने नेपालका नेताहरूले हङकङेली नेपालीहरूबाट कालो झन्डाको विरोधसम्म खेप्नु परेको थियो । हङकङका नेपालीहरूको अनवरत आन्दोलनका कारण आखिर नेपाल सरकारले माग सम्बाेधा गर्न बाध्य भएको रुपमा हङकङबासीले लिएका छन्  अर्थात्  त्यसैको परिणाम हो  उदय राना मगरको नियुक्ति । 

 हङकङमा नेपालीको प्रवेश 

 हङकङको सन्दर्भमा  कुरा गर्नु पर्दा हङकङमा नेपालीहरूको प्रवेश कसरी भयो भन्ने कुरा जानकारी लिनु अत्यन्त आवश्यक देखिन्छ । १९९७ भन्दा पहिले हङकङ बेलायत सरकारको अधीनमा रहेको थियो । हङकङ १९९७ पछि मात्र चिन सरकारको स्वशासित क्षेत्रको रूपमा रहन गयो ।  हङकङ बेलायत सरकारको अधीनमा रहँदा हङकङको शान्ति सुरक्षा र विकास निर्माणका लागी बेलायती सेनामा सेवारत गोर्खाहरू हङकङको भूमिमा आएका हुन र गोर्खा सेनाका परिवार पनि जागिरको सन्दर्भमा निश्चित समयका लागि जान र बस्न पाउने हुँदा हङकङमा सेवारत गोर्खा सेनाका परिवारहरूबाट कयौँ नानीहरू जन्मेका हुन् ।

बेलायत सरकारको शान्ति सुरक्षा र विकास निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका गोर्खाहरूको योगदान र बलिदानलाई बेलायत सरकारबाट बेवास्ता र भेदभाव गरिरहेका कारण  सचेत गोर्खाहरूले गोर्खाहरूलाई गरेको  भेदभाव विरुद्ध आवाज उठाउन  गोर्खा भूतपूर्व सैनिक सङ्घ स्थापना गरेका थिए । जुन हालसम्म पनि अनवरत सङ्घर्षमा रहेको छ । गइसोले आम गोर्खाहरूलाई सङ्गठित गरी समाधिकारको लागि अनवरत सङ्घर्षका कारण हङकङमा जन्मेका गोर्खाका सन्तानहरूलाई आवासीय सुविधा दिन बेलायत सरकार बाध्य भएको थियो । बेलायत सरकारको निर्णयका कारण हङकङमा गोर्खाका सन्तान नेपालीहरूको प्रवेश भएको हो । हामी सबैलाई थाहै भएको कुरा हो कि गोर्खा सेनामा सेवारत कुन समुदायका थिए त भन्दा नेपालका आदिवासी जनजातिहरूकै थिए ।  हाल सम्म पनि बेलायती सेनामा आदिवासी जनजातिकै बाहुल्य रहेको छ ।

गोर्खा भर्ती कति ठिक कति बेठिक 

गोर्खा भर्ती कति ठिक थिए र छ वा ठिक थिएन वा बाध्यता थियो भन्ने विषयमा कुरा गर्नु पर्दा हिजोको सन्दर्भमा शासकहरूको स्वार्थ पुरा गर्न गोर्खा भर्तीको सुरुवात भएको बुझिन्छ तर पछि आएर रोजगारको अवसरको उच्चतम स्थान ओगट्ने हदसम्म पुगेको देखिन्छ । हालसम्म पनि युवाहरूको ब्रिटिस गोर्खा भर्ती अकर्षणकाे पहिलो रोजाइमा पर्दै आएको छ । अहिलेको सन्दर्भमा पनि मुलुकको अवस्थालाई हेर्दा त गोर्खा भर्ती  वा बेलायती सेनामा भर्ती भएर रोजगारको राम्रो अवसर मिल्यो भन्न सकिन्छ । तर अरूको देशको लागि रगत र पसिना  बगाउनु पर्ने, प्रथम विश्व युद्ध र दोस्रो युद्धमा  ज्यान गुमाएको अङ्गभङ्ग भएको कहाली लाग्दो दुःख पाएको र मुलुकमा बसेर सेवा गर्ने अवसर गुमाउँदाको कारण आज मुलुकको नीति नियम बनाउने ठाउँमा  पुग्ने अवसरबाट वञ्चित गरिएको छ । 

एका तर्फ गोर्खाका  सन्तानले विकसित मुलुकको विकसित क्षेत्रमा बस्ने सेवा गर्ने अवसर त मिल्यो, तर हिजो गोर्खा भर्तीको नाममा सक्षम आदिवासी जनजाति युवाहरूलाई विदेशी  सेनामा सेवा गर्न पठाएर राज्यले ठुलै षडयन्त्र रचेको  थियो। त्यो षडयन्त्रको मार अहिलेसम्म पनि  आदिवासी जनजातिहरूले खेप्नु परि रहेको  छ । अहिले पनि हङकङको आवासीय सुविधालाई उच्चातम वैदेशिक रोजगारको रूपमा हेरिन्छ र पछिल्ला दिनहरूमा युकेको आवासीय सुविधालाई पनि उच्चातम रोजगारको रूपमा नेपाली  समुदाय हेर्न बाध्य भएको देखिन्छ  ।

महाबाणिज्यदूतलाई ससम्मान नआउन आग्रह गरिएको थियो । उहाँहरूलाई हङकङमा बाहेक मुलुकमा र अन्य मुलुकमा सम्मानित पदमा सम्मान सरकारले गरोस् भन्ने चाहाना आन्दोलनको ध्येय थियो । सामाजिक बहिष्कार गरिएको थियो । देशको प्रतिनिधिले कतै जना नपाउनु र सामाजिक बहिष्कार जस्तो अपमान हुनु कस्तो अवस्था होला । हामी सबैले बुझ्न पर्ने कुरा हो । यो हाम्रो चाहाना नहुँदा नहुँदै राज्यका कारण बाध्य भएका थियौँ ।

 मुलुकको परिस्थितिमा सत्य र सही होला तर हङकङको आवासीय सुविधा हुनु भन्दा पहिला आदिवासी जनजाति मुलका गोर्खा सैनिकका छोरा छोरीहरूले जुन प्रगति र  योगदान मुलुकलाई दिनु पर्ने तियो त्यसमा चुकिरहेको अवस्था  छ । गोर्खाका सन्तानहरू डाक्टर, इन्जिनियर र अन्य प्रशासनिक निकायमा पुग्ने अवसर वाट वञ्चित गराइयो ।  नेपाल सरकारको सेवामा सबैले चासो लिएको अवस्था थियो तर ती सबै कुराहरू ओझेलमा  पारियो ।  अवसरको नाममा गोर्खाका सन्तानहरू आफ्नो मुलुकको सेवा गर्ने अवसर गुमाए ।   विकसित  राष्ट्र र विकसित ठाउँमा त पुगे तर कन्स्ट्रक्सन कामदार, रेस्टुरेन्टका कामदार र सेक्युरिटी गार्ड मा सिमित बन्न पुगे । यस्तो अवस्थालाई  हामी सबै आदिवासी जनजाति राजनेता, बुद्धिजीवी र समाजसेवीहरूले के सम्झनु पर्छ भने गोर्खाका सन्तानहरूको  रूपान्तरण कुन ठाउँमा भयो  ?  यिनीहरू राष्ट्रको मूलधारमा आउन नसक्नु मूल कारण गोर्खा भर्ती नै हो र अहिले आएर वैदेशिक रोजगार  नै हो भनेर सम्झनु पर्ने अवस्था छ ।

विदेशमा बस्ने नेपालीको मुलुक प्रतिको योगदानको मूल्याङ्कन  

मुलुकको अवस्थालाई मध्यनजर गरेर हेर्दा हामी हाम्रो सुन्दर देश नेपालमा जन्मियौँ, हुर्कियौँ,  पडियौँ तर रोजगार नपाएकै कारण वैदेशिक रोजगार रोज्न बाध्य बनाइयो । यो सरकारमा हाली मुहाली भएका सबै खालका व्यक्तिहरूलाई जानकारी छ र पार्टी नेता समाजसेवीहरूलाई पनि थाहा भएकै कुरा हो ।  हामी युवाहरूले पनि बुझेका छौँ कि कुनै उपाय नभएपछि  सरकारको सहयोगको लागि नेपाली युवाहरूले वैदेशिक रोजगार रोज्न बाध्य भए ।  विदेशमा रगत र पसिना बगाएर परिवारको सपना पुरा गरेको, सुन्दर नेपाललाई सुन्दार बनाउन र आफ्नो बालबच्चाको भविष्य निर्माण गर्नको लागी महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।  त्यति मात्र होइन मुलुकको आमूल परिवर्तनका लागि विदेशमा भएका सबै सचेत नागरिकहरूले धेरै थोर योगदान गरेका छन् ।  नढाँटीकन भन्नु पर्दा हाम्रो मुलुकमा जति पार्टी, सामाजिक संस्था, धार्मिक संस्था र जातीय संस्था लगायत जति पनि संस्था छन् ती सबै संस्थाको भातृ संस्थाहरू विदेशमा सक्रिय छन् ।  तिनै संस्थाहरूको माध्यमाबाट पार्टी नेता साथै मुलुकमा परेको सबै खाले समस्याको समाधानका लागि सहयोग गरिरहेका छन् ।  त्यति मात्र होइन  मुलुकको आमूल परिवर्तनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । नेपालको राजनीतिक पार्टीको हकमा त पार्टीका नेताहरूको विदेश घुम्ने. उपहार लिने र चुनाव खर्च जुटाउने थलोको रूपमा आवासीय नेपालीलाई उपयोग गरिँदै आएको छ । पार्टी र नेतालाई सहयोग गर्नु विदेशमा  रहेका नेपालीहरूको काम र कर्तव्य नै हो कि  जस्तो  भान हुन्छ । 

विदेशमा भएकाहरूले पनि मुलुकको परिवर्तनका लागि नेताहरूले गरेको योगदानलाई सम्मान  गर्नु पर्छ र आवश्यक सहयोग गर्नु पर्छ भन्ने  भावना बोकिरहेको पाउँछौ । त्यस कारण नेपालका नेता, पार्टी, बुद्धिजीवी र समाजसेवीहरू मुलुक वैदेशिक रोजगारको रेमिटेन्सले चलेको छ भन्ने कुरा स्वीकार गर्दै आएको कुरा हो । यति हुँदाहुँदै पनि  विदेशमा रहेका नेपालीहरूको समस्या समाधानमा भने नेपालका पार्टी वा  नेताहरूले कहिल्यै चासो राखेको पाइँदैन । यसको सबुद प्रमाण हो । विदेशमा आवासीय सुविधा लिएका नेपालीलाई नागरिकताबाट वञ्चित गरिनु । 

 हङकङमा आदिवासी जनजातिहरूको बाहुल्यता 

  गोर्खाका सन्तानहरू जो बेलायत र हङकङमा गएका छन । उहाँहरू  लडेर पाएकाे अधिकारको उपभोग गर्न गएका हुन । बेलायत सरकारको शान्ति सुरक्षा र बिकास निर्माणका लागी महत्वपूर्ण योगदान दिए बापत बेलायत सरकारले हङकङमा जन्मेका गोर्खाका सन्तानहरूलाई आवसीय सुबिधा दिएकाे हाे । हामी सबैलाई थाहा छ गोर्खा भर्तीको शिलशिला नेपालको आदिवासी जनजातिहरूलाई राज्यले नै अघि सारेको हाे  । राज्यको आदेशलाई सिरोपर गरि लाखौं आदिवासी जनजातिका छोराहरू बेलायती सेनामा भर्ती भएका हुन् । नेपालका शासकहरूको स्वार्थका लागी बलिदान दिएका हुन । त्यसैको उपहार स्वारूप आदिवासी जनजातिहरूको हङकङमा प्रवेश गरेको हो र बाध्यवस गोर्खाहरूले यसलाई अवसर भन्न  बाध्य छन् वा परिएकाे छ । 

आदिवासी जनजाति मुलका महावाणिज्यदूत  किन ? 

नेपालका आदिवासी जनजातिहरू सिधा साधा त छँदै छन् । त्यसमा पनि गोर्खा सेनाका सन्तान जसले इमानदार, कर्तव्यनिष्ठ, सहनशील र बहादुरको पहिचान विश्वमा चिनाएक छन् गोर्खाहरू । उनीहरूमा कुनै  किसिमको षडयन्त्र  र स्वार्थ प्रेरित काम गर्दैनन् । आफ्नो काम पर्दा मुख मिलाउन नजान्ने र जाने पनि आवश्यक नठान्ने यो नै गोर्खाका पहिचान  नै बनेको छ ।  यो सोझो पनको फाइदा उठाएका थिए तत्कालीन महाबाणिज्यदूतहरूले । अर्को पक्ष नेपालमा आमूल परिवर्तनका लागि नेपालका आदिवासी जनजातिहरूको महत्त्वपूर्ण योगदानका कारण निरंकुश राजतन्त्रको अन्त भएका थियो । लोकतान्त्रिक गणतन्त्रको उदय भएको थियो । संघियता, समानुपातिक, समावेशिता, सहभागिता र समाधिकारको पक्षमा आदिवासी जनजातिहरू थिए ।

मुलुकको आमूल परिवर्तनका समयमा  मुलुकको पार्टी नेताहरूले पनि यसलाई सहर्ष स्वीकार गरेका थिए । मुलुकको आमूल परिवर्तनमा हङकङमा बसोबास गर्ने नेपालीहरूले पनि काँधमा काँध मिलाएर महत्त्वपूर्ण योगदान गरेका थिए ।  अर्को तिर तत् कालिन महाबाणिज्यदुतहरूको रवैया निरंकुश शासकहरूको पालामा जे थियो परिवर्तन थिएन । किन भने उनीहरू निरंकुश शासकहरूले जन्माएर हुर्काएका सक्ती सम्पन्न व्यक्तिहरू हुन्थे । आदिवासी  जनजातिहरूको सोझो पनको फाइदा लुट्न खोज्ने, नाजायज दुःख दिने, आदिवासी जनजातिहरू संस्थाहरूको विरोध गर्ने, हिन्दु धर्म संस्कृति र चाडपर्वलाई मात्र सम्मान गर्ने, बहुसङ्ख्यक आदिवासी जनजातिहरूको धर्म संस्कृति चाडपर्वलाई अपहेलन गर्ने, अनैतिक  धन्दा गर्नेहरू उसका विश्वासिलो पात्र बनाउनु ,  हङकङमा रहेका नेपालीहरूको काममा ढिला सुस्ती र दुःख दिने आदि कारण मुख्य हो ।

झनै  हङकङमा  आवसीय सुविधाका लागि गएका गोर्खाका सन्तानहरूलाई हेर्ने दृष्टिकोण नै फरक थियो । हङकङमा आवसित परिचय पत्र लिने सम्बद्धमा त नेपाल देखि हङकङ सम्ममा मुलुकको कर्मचारी तन्त्रलाई गोर्खाका सन्तानहरूले कयौँ थैली भेटी चढाए र चढाउनु पर्‍यो गणना गरेर सकिने अवस्था छैन । यसबाट मुक्ति पाउनका पनि आदिवासी जनजाति मुलका महावाणिज्यदूत माग गरेको हो ।

आन्दोलनलाई सहयोगी हङकङवासी नेपाली समुदाय प्रति धन्यवाद 

पङ्क्तिकार हङकङमा आदिवासी जनजाति मूलका महाबिणिज्यदुत पठाइओस् भन्ने शान्तिपूर्ण  आन्दोलनको एक सदस्यको नाताले  हङकङवासी दाजु भाइ, दिदी बहिनीहरू, सङ्घ संस्था, बुद्धिजीवी, पत्रकार र समाजसेवी महानुभावहरूमा  हङकङमा नेपाल आदिवासी जनजाति महासङ्घको मागलाई अन्तर आत्मा देखिनै सहयोग गरी दिनु भएकोमा हार्दिक आभार प्रकट र धन्यवाद टक्राउन चाहन्छु । आन्दोलनको क्रममा पर्न गएको समस्या प्रति क्षमा माग्न पनि चाहन्छु । आन्दोलनको समयमा विरोध गर्न नसकेता पनि महाबाणिज्यदुतको नजिकको पात्र बन्न चाहनेहरू हङकङमा नभएको हैन तर यो सङ्ख्या अत्यन्त न्यून रहेको थियो । ती पात्र जो यहाँहरू मौन बसी दिनु भयो । यहाँहरू प्रति पनि आभार प्रकट र धन्यवाद भन्न चाहन्छु ।

 तत्कालीन महावाणिज्यदुतहरू समक्ष क्षमा याचना 

 यस भन्दा पहिलेका महावाणिज्यदुतहरूले नेपाली समुदायको हरेक क्रियाकलापमा  खुलेर सहभागी हुन पाउनु भएन । सामाजिक बहिष्कार जस्तो अपमान सहनु पर्‍यो । हामीले बुझेका छौँ । यो गल्ती तपाइहरूको होइन राज्यको हो । हामीले भनेका थियौँ कि तपाइहरू नआउनु होस । तपाईँहरू सचिव,  मुख्य सचिव साथै संवैधानिक अङ्गका प्रमुख बन्नु होस तर हाम्रो कुरा न उहाँहरूले सुने न राज्यले । आदिवासी जनजाति महासङ्घको माग जायज थियो । यो जायज मागको लागी हामीले गरेको मागको उद्देश्यको मूल्याङ्कन पनि यहाँहरू जस्ताले गर्न नसक्ने कुरै भएन । सत्यको एक दिन जित हुन्छ भन्ने हामीले सोचेका थियौँ । मुलुकमा निरंकुश राज संस्था हुँदा सम्म त आस गर्ने कुरा भएन तर मुलुकको परिवर्तन पछि पनि हाम्रो आवाजलाई सुनेन ।जसको कारण कति नेताले कालो झन्डाको स्वागत खेप्नु पर्‍यो । कति नेता स्यालको चालबाट हङकङमा छिरेर फिर्ता हुनु पर्‍यो । कति नेता हङकङ छिर्न समेत सक्नु भएन ।

आन्दोलन कस्तो थियो   

आन्दोलन शान्ति पूर्ण थियो तर अत्यन्त पेचिलो थियो तर आदिवासी जनजातिहरूको पक्षमा मिडिया थिएनन् । आन्दोलनको सही कुरा सम्प्रेषण कतै भएन । महाबाणिज्यदूतलाई ससम्मान नआउन आग्रह गरिएको थियो । उहाँहरूलाई हङकङमा बाहेक मुलुकमा र अन्य मुलुकमा सम्मानित पदमा सम्मान सरकारले गरोस् भन्ने चाहाना आन्दोलनको ध्येय थियो । सामाजिक बहिष्कार गरिएको थियो । देशको प्रतिनिधिले कतै जना नपाउनु र सामाजिक बहिष्कार जस्तो अपमान हुनु कस्तो अवस्था होला । हामी सबैले बुझ्न पर्ने कुरा हो । यो हाम्रो चाहाना नहुँदा नहुँदै राज्यका कारण बाध्य भएका थियौँ ।

आन्दोलनको नेतृत्व प्रति सम्मान

आदिवासी जनजातिहरूको मागलाई नेतृत्वले गरेको सङ्घर्षको भूमिका अत्यन्त महत्त्वपूर्ण र प्रशंसनीय छ । आदिवासी जनजाति आन्दोलनका लागी महासङ्घका लागि नेतृत्व गर्ने नरहांग राई, भुपेन्द चेम्जोंग, मैनबहादुर थापा बर्तमान अध्यक्ष किसान राईको भूमिका  महत्त्वपूर्ण भएको कुरा कसैले बिर्सनु हुँदैन । उहाँहरूको कुशल नेतृत्वका कारण आदिवासी जनजाति महासङ्घ हङकङको आन्दोलनलाई ९८ प्रतिशत हङकङमा रहेका नेपालीहरूको समर्थन गरेका थिए तर नालायक राज्य सत्ता मौन थियो । आदिवासी जनजाति महासङ्घको मागलाई देख्न नसक्नेहरू नगन्ने रूपमा मात्र होइन । तिनीहरू समाजबाट तिरस्कृत र स्वार्थका खेती गर्ने पात्रहरू थिए । उहाँहरूलाई पनि नेतृत्वले आफ्नो बसमा ल्याउन सफल भएका थिए । हिजोका दिनमा आन्दोलनको विरुद्धमा लागेको पात्रहरू मलाई लाग्छ आदिवासी जनजाति मूलका महावाणिज्यदूत स्वागत गर्ने र खादा लाउने पनि तिनै पात्रहरू अगाडी हुने छन् ।

आदिवासी जनजाति मूलका महावाणिज्यदूतबाट अपेक्षा 

 आदिवासी जनजाति मूलका महावाणिज्यदूत आउँदैमा ठुलो परिवर्तन हुन्छ भन्ने छैन । आदिवासी जनजातिहरू कुनै पनि तह तप्का होस मुख मिलाउन सम्म जान्दैनन् । किन भने मुख मिठो हुनेहरूको मन राम्रो हुँदैन । मुख मिठो हुनेहरू तिनै अनैतिक क्रियाकलाप गर्नेहरूसँग मिलेको हुन्छ । मुख नमिलाओस् तर छिटो छरितो तरिकाले काम होस । अनायासमा दुःख नदियोस् । भ्रष्ट अनैतिक काम गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइओस् । कसैलाई पनि भेदभाव नगरिओस् । सबैलाई समान दृष्टिले हेरिओस् ।  हङकङ र नेपालको सम्बन्ध सुमधुर बनाइओस् । एउटा सक्षम, दक्ष, इमान्दर र कर्तव्यनिष्ठ व्यक्तिले नयाँ नेतृत्व लिए पछि नयाँ कुरा सृजना गरी हिजोका गलत संस्कृति र परम्परालाई समाप्त पार्नु नै महान् योगदान मानिनेछ । आशा  छ आदिवासी जनजाति मूलका महावाणिज्यदूत उदय राना मगर यस विषयमा जानकार भएको हुनु पर्छ । 

अस्तित्व र पहिचानका लागि काम गर्दा 

हङकङमा केही गरौँ भन्ने समूहलाई समाप्त पार्न सक्रियहरूका कारण हारेका समाजसेवीहरू मध्येमा यो पङ्क्तिकार पनि एक हो । कुरा ठुलो गर्ने तर समाजका हितका लागी गर्न खोज्नेहरूको खुट्टा तान्नेहरू आज हङकङमा टाउको उठाउँदै लुकाउँदै हिँडिरहेका छन् । नेपाली भाषाको, शिक्षाको, संस्कृतिको र पहिचानको कुरा गरी हिँडेको देख्दा लाज लाएर आउने अवस्था  छ । जो व्यक्तिहरू नेपालीको अस्तित्व र पहिचान जोगाउन लागी सृजना भएका संरचनाका स्तम्भहरू भत्काउन अहो रात्र खटे । आज हङकङमा नेपाली समुदायको त्यति ठुलो उपस्थिति भएता पनि आफ्नो अस्तित्व र पहिचानसँग गाँसिएका विषयहरूको संरक्षण र संम्बर्धन गर्ने स्तम्भहरू बनेको छैन । यो दुखद कुरा हो । 

नेपाली समुदायले गौरव गर्न लायक स्तम्भहरू निर्माण गर्न खोज्दा भत्काउनेहरूको जित भएकोमा अत्यन्त दुखी बनाएको छ  । समाजका केही तत्त्व र नेपाल सरकारले नेपाल आदिवासी जनजाति महासङ्घ हङकङले आन्तरिम संविधानलाई सम्मान गर्दा, आमूल परिवर्तनका भावनालाई व्यवहारमा उतार्न खोज्दा हामी माथि विभिन्न खालको आरोप लगाइयो । सामाजिक सद्भाव बिथोल्न खोजे । साम्प्रदायिक दङ्ग भड्काउन खोजे । विभाजनकारी जस्ता पगरी गुथाइयो । तिमीहरू सक्षम पनि हुनु पर्‍यो। तिमीहरूको मान्छे सहसचिव पनि हुनु पर्‍यो नि जस्ता कुराहरू गरेर होच्याइयो ।  हामीले आदिवासी जनजाति मूलका सहसचिवहरूको सूचि समेत दिएका थियौँ तर हामीले  बुझेका कुरा के हो भने हङकङमा महावाणिज्यदूत बन्न मुलुकमा ठुलो दौडधुप चलखेल चल्दो  हुँदो रहेछ । त्यसका कारण के हो बुझ्न त्यति गाह्रो नहोला ।

अन्तमा

नेपाली  समुदायको हितका लागी काम गर्न चाहने, स्वार्थका खेती नगर्ने र हङकङको राजनीतिमा संलग्न नउना कारण हामीले उठाएको विषयहरूले  पूर्णता पाएन । आखिर राजनीति महत्त्वपूर्ण विषय रहेछ भन्ने कुरा पंतिकारको बुझाइ छ । शासकहरू कहिल्यै पनि कुनै पनि दयालु मन भएका र सहजरूपीले जनताका आवाजलाई स्वीकार गर्दो रहेनछ भन्ने विषयमा  हङकङवासी नेपाली समुदाय स्पष्ट भएका छन् । हङकङमा आदिवासी जनजाति मूलका महावाणिज्यदूत आएता पनि खासै परिवर्तन त केही हुन सक्दैन किन भने राज्य सञ्चालनका परिपाटीमा खासै परिवर्तन आएको देखिँदैन । महाबाणिज्यदुतले पनि नुनको सोझो गर्नु पर्‍यौ । हामीले देखेको कुरा के हो भने नयाँ ठाउँमा नयाँ जिम्मेवारी लिएको व्यक्ति वा पदाधिकारीले जनताको हितको लागी नयाँ कुरा ल्याउने र नयाँ चिनो छोडेर इतिहास रचोस् भन्ने हाम्रो चाहाना हो । यसका लागी हामीले पाइला चाल्न खोजियो । गन्तव्य स्थानमा पुग्नका लागी हामीले भोग्न परेको सम्पूर्ण घटना विवरण यहाँ उल्लेख गर्न सकिने अवस्था छैन । राज्यले हाम्रो मागलाई सम्बोधन गरेको कारण हिजोका दुख्नका घाउहरू आज निको भएको छ ।

पुन: नेपाल सरकारलाई नेपाल आदिवासी जनजाति महासङ्घ हङकङले घोडा टेकायो भन्ने वाला हामी छैनौँ तर जनताको आवाज स्वीकार नगरी सुख्खै छैन र माग पुरा गरि छाड्छौँ भन्ने सङ्कल्प पुरा भएको छ । यो जित हङकङेली  नेपालीको जित हो । आम नेपालीको जित हो । यो नेपाल सरकारको जित हो । यो आदिवासी जनजातिको जित हो । उदय राना मगर ज्युलाई पुन बधाई । हाम्रो मागलाई पुरा गर्न नेपाल सरकारको सहसचिव बनेर आदिवासी जनजातिको शिर उच्चो पारि दिनु भयो । नेपालको आदिवासी जनजातिको कुशल भूमि पुत्रको सदस्य भएर  हङकङका लागी नेपाली महावाणिज्यदूत जस्तो गरिमामय पदमा पुगेर इतिहास रच्न सफल हुनु भयो । सफल कार्यकालको लागी शुभकामना !


दुरा सेवा समाजको संस्थापक अध्यक्ष, नेफिनका पुर्वसचिव नेपाल, हङकङ, युके सल्लाहकार हुनुहुन्छ ।