९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला

९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन १४, २०७७

अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्धारा ९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै उक्त समितिले अस्कर प्रतिस्पर्धामा सहभागि हुन इच्छुक नेपाली चलचित्रकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो चलचित्र नेपालको अस्कर कमिटीलाई बुझाउन आह्वान पनि गरेको छ ।

फ्रेब्रुअरीमा हुदै आएको अवार्ड कोरोना कहरका कारण दुई महिना पछाडी सरी अप्रिल २५ आइतबार काे दिन लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । अघिल्ला वर्षहरुमा जुनसुकै पनि चलचित्र हलमा रिलिज भएर एक हप्ता सम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल भने कारोनाका कारण प्रदर्शन हुने समय तोकेर पनि प्रदर्शन हुन नसकेको चलचित्रले पनि सहभागिता जनाउन पाउने भएका छन् । यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमाहलबाट चलचित्र प्रदर्शन रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ ।

बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।