सुनकोे मूल्य बढ्यो, कति छ ताेलाकाे ?

सुनकोे मूल्य बढ्यो, कति छ ताेलाकाे ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १४, २०७७

काठमाडाैं । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ तोकेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।