क्रिकेटमा महा-उत्सवलाई लक्षित गरी 'डिसहाेमा २०२० को मज्जा' डिजिटल अभियानकाे अनावरण

क्रिकेटमा महा-उत्सवलाई  लक्षित गरी  'डिसहाेमा २०२० को मज्जा' डिजिटल अभियानकाे अनावरण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १४, २०७७

 ललितपुर । डिसहाेम मिडिया नेटवर्कद्वारा संचालित नेपालको  डिटिएच  सेवा प्रदायक  डिसहाेमाले  क्रिकेटमा हुनगइ रहेको महा-उत्सवका लागि आफ्नो डिजिटल अभियान  अनावरण गरेको  जनाएकाे छ ।

 यस योजनाको कार्यान्वयन लागि डिसहाेमाद्वारा IPL Cricket League 2020 को  सुचिकृत गरिएको  एजेन्सी  MARS Pvt. Ltd.  जनाएको छ ।

कोभिड-१९ को माहामारिका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिती झेलिरहेको छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभि अथवा इन्टरनेट हुन गएको  अवस्थामा  IPL twenty twenty  को cricket league 2020उचाइमा पुगीरहेको र  डिसहाेमाले देश भित्र रहेका लाखौ क्रिकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो followers base बढाउन सकिने अवसर को रुपमा अघी बढएको जनाएको छ ।

यस अभियानलाई डिसहाेमा २०२० को मज्जा भनेर नामकारण गरिएको छ । यस अभियानको विषयबस्तु अन्तर्गत डिसहाेमाले सम्पूर्ण दर्शकहरुको डिजिटल सक्रीयताका लागि  #DH2020 काे मज्जा जारी गरेको छ ।डिसहाेमाको उदेश्य भनेको यस माहामारीको समयमा आफ्ना दर्शकहरुलाई एचडीको मज्जा प्रदान गर्नु  रहेकाे  जानकारी दिएको छ । यो एक प्रभावकारी अवधारणा हो र यसमा ब्राण्डले दर्शकहरु माझ लाईभ मैदानमा झै  जोश र उत्साहा जगाउने प्रयास  गरेको समेत जनाएको छ ।

यस अभियानको मुख्य लक्ष्य भनेको बाँकी रहेको २०२० साँच्चिकै उत्साहमय र रमाइलो बनाउने  रहेकाे समेत डिसहाेमाले जनाएकाे छ ।   उत्सुक क्रिकेटका फ्यानहरुका लागि फेसबुक र youtube मा  digital Activation  आयोजित गरिएको छ । क्रिकेटसँग सम्वन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न   भिडियो र match  हाइलाईटहरु दिनदिनै आउने समेत जानकारी गराइएकाे छ। प्रत्यक डिजाइन र रंगहरुले दर्शक हरुको खेल प्रतिको उत्साह झलकाउने  रहने समेत  जानकारी दिइएकाे छ ।